लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, कार्तिक १८ गते । बढई समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक उत्थानका लागि समुदायभित्र एकता, सहकार्य र आपसी सद्भाव आवश्यक रहेको बढई समुदायका अगुवाहरूले बताएका छन् ।
दशैँ, तिहार तथा छठ पर्वको अवसरमा विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी अगुवाहरूले समुदायको समग्र विकासका लागि सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका कार्यकारी प्रमुख विजय शर्माले बढई समुदायको उत्थान र विकासका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । उनले समुदायको पहिचान, अधिकार र अवसर सुनिश्चित गर्न आपसी एकता आवश्यक रहेको उल्लेख गरे । साथै, तिहारमा पटाकामा अनावश्यक खर्च गर्नुको सट्टा सुनचाँदी खरिद तथा बचतमा ध्यान दिनसमेत उनले सुझाव दिए।
त्यसैगरी, बढई समाजका अगुवा महेन्द्र शर्माले समुदाय एकजुट भएमा संघ, प्रदेश र स्थानीय तहबाट आवश्यक सहयोग तथा अवसर प्राप्त गर्न सहज हुने बताए। उनले समुदायको हकहित र विकासका लागि एकताको विकल्प नरहेको धारणा राखे।


अर्का अगुवा रामकुमार शर्माले विगतमा समुदायको अवस्था जस्तोसुकै रहे पनि अब पुराना कमजोरीलाई सुधार्दै एकताबद्ध भएर बढई समुदायको उत्थानमा लाग्नुपर्ने बताए।
कार्यक्रममा बढई समुदायका अगुवाहरू दिलीप शर्मा, घनश्याम शर्मा, विजय शर्मालगायतले शुभकामना मन्तव्य राख्दै सामाजिक एकता, आपसी सहयोग र समुदायको विकासका विषयमा धारणा व्यक्त गरेका थिए। सहभागीहरूलाई शंकर शर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव संजु शर्माले गरेका थिए ।
बढई समुदाय परम्परागत रूपमा काठको काम, फर्निचर निर्माण, घर तथा मन्दिरका काठका संरचना निर्माण र काष्ठकलासँग जोडिएको सीपमूलक समुदायका रूपमा परिचित छ। पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप, श्रम र कलालाई संरक्षण गर्दै आधुनिक प्रविधि तथा उद्यमशीलतासँग जोड्न सके समुदायको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
नेपाल बढई कल्याण समाजका केन्द्रीय महासचिव श्यामसुन्दर सुतिहारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समुदायका अगुवा, समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी