लेखक : शैलेश न्यौपाने

विराटनगर, कार्तिक १९ गते । आज कार्तिक महिनाको गते १९ , आज कृष्णपक्षमा पर्ने एकादशी “रमा एकादशी” नै हो , त्यसमा पनि आज वृहस्पतीवार भगवान बिष्णुको प्रिय वार “ब्रहमवैवर्त पुराणमा” रमा एकादशीका बारे भगवान श्रीकृष्ण र महाराज युधष्ठीरविचको संवादमा “यो रमा एकादशी महात्त्मयको वर्णन छ “।
आजको एकादशी माहात्त्मय अलि लामो छ , भगवान “श्रीकृष्णले भन्नु हुन्छ”, हे राजन परापुर्वकालमा मुचुकुन्द नामक राजा थिए । उनका देवराज ईन्द्र देखि वरुण , यमराज , कुवेर , अग्नि लगायतका सबै देवगण संग असल मित्रता थियो।
ती राजा धार्मिक नियमहरुको पालन गर्दै एकादशी को दिन राज्यभरी प्रजाहरु लाई एकादशी व्रतको पालना गर्न लागाउथे । उनकि एकमात्र पुत्री थिईन जस्को नाम चन्द्रभागा थियो ।
उनको विहे त्यसबेलाको चन्द्रसेन राजाका पुत्र शोभान संग भएको थियो । संयाेगले रमा एकादशीकै दिन शोभान ससुराली पत्नीका साथ पुग्छन । चन्द्रभागा उनकि पत्नी आत्तिदै आज एकादशीकै दिन म माईती आए मेरा पतिदेव भोक सहनै सक्नुहुन्न , मेरा पिताजी आजकादिन राज्यमा हात्ती र घोडा लाई पनि अन्न नखाने आदेश दिनुहुन्छ ।
यो धर्मिक अनुष्ठानको बिषयमा अत्यन्त कडा हुनुहुन्छ हे भगवान अव के गर्नु भनेर दुविधामा पर्छीन र आफ्ना पतीलाई आफ्नै घरमा फर्कनुहोस भनेर निवेदन गर्छीन, पत्नीको निवेदन सुनेर शोभानले यथोचित विचार गरी आजको एकादशी व्रत गर्ने मलाई पनि ईच्छा जागेको छ, मेरो भाग्यमा जे हुन्छ त्यो हुनेछ म व्रत बस्छु भनेर आफ्नो पत्नी चन्द्रभागा लाई भन्छन र व्रत बस्छन ।
सुर्यस्तको समयमा धर्मपरायण जीवात्त्मा तथा वैष्णजन उनिसंग प्रश्न भए, संकिर्तन सहित रातभर भोक प्यासका र जागरामका कारण उनले आफ्ना शरिर त्यागे सुर्योदय हुनुअगावै राजा मुचुकुन्द ले आफ्नो ज्वाईको शरिरको अन्त्तयेटि गरिदिय तर आफ्नी छोरी चन्द्रभागालाई सती जानका लागि रोके पतीको श्राध्दा पश्चात उनी पिताकै घरमा रहन लागीन ।
उता मरेका पती “रमा एकादशीको व्रतको” प्रतापले मन्द्र पर्वतको शिखरमा अवस्थित देवपुरी नामक राज्यको राजा बने । उनि सन्तहरुद्वारा सुशोभित सुवर्णमय खम्वा तथा अमुल्य हिरामोती जडित राजभवनमा रहन लागे, उनी अनेकौ रत्त्नहरुद्वारा
आभुषीत अनेकौ गन्धर्वहरुद्वारा शोवित थिए ।
उनका पहिलेको ससुराली गाउँका शोमशर्मा नामका एकजना व्राह्ममण तिर्थयात्रा गर्दै अचानक त्यो देवपुरी पुगे आफ्ना राजाका ज्वाईं त्यस राज्यका राजा भएको देखेर राजा शोभान निकट गए ।
आफ्ना अगाडी ब्रह्मामणलाई देखेर राजा आफ्ना सिंहासनबाट उठेर ती ब्राह्ममणलाई समक्ष प्रणिपात रहे । राजा शोभानले ती ब्रह्मामण लाई चिने र उनका राजा र आफ्नो पत्नीका साथै सम्पुर्ण प्रजाहरुको कुशल मंगलको बारे सोधे राजाको कुरा सुनेर ती ब्राह्ममणले सोधे हे राजन मैले यस्तो सुन्दर नगरी कहिले देखेको थिईन ।
यस्तो राज्य हजुरलाई कसरी प्राप्त भयो ? तत्त्पश्चात राजाले भने हे ब्राह्ममण मलाई “रमा एकादशी व्रत “पालनाद्वारा यो अशाश्वत राज्य प्राप्त भएको हो , शायद मैले “रमा एकादशीको श्रध्दापुर्वक व्रत पालना गरेका कारण मलाई यो राज्य प्राप्त भएको हुन सक्छ “कृपागरी हजुर मेरी पत्त्नी चन्द्राभागालाई यो सन्देश दिनुहोस । यो राज्य आज पनि शाश्वत छैन केवल तिनलेनै यो राज्य लाई शाश्वत बनाउँन सक्दछिन ।
यो कुरा राजाको सुनेर ती ब्राह्ममण आफ्नो राज्य मुचुकुन्दन फर्किए र उनले ती चन्द्रभागालाई सम्पुर्ण वृतान्त सुनाए ती ब्राह्ममणको कुरा सुनेर हजुरले मलाई सुनाको यो वृतान्त सपना जस्तो लागीरहेको छ । ब्रह्मामणले यो सत्य मैले देखेर आएको छु तिम्रा पती ती राज्यको राजा शोभानले राज्यलाई शाश्वत बनाउँन तिमिसंग विनती गरेका छन ।
चन्द्रभागाले भनिन हे ब्राह्ममण म अव मेरो पुण्यको प्रभावद्वारा उहाँको राज्यलाई शाश्वत बनाईदिन्छु, मलाई त्यहाँ लिएर जानुहोस यसोगर्नुभयो भने हजुरलाई अलग्गिएका दम्पत्तीहरुभेट गराईदिएको पुण्य प्राप्त हुनेछ । तत्त्पश्चात ती ब्राह्ममणले चन्द्रभागालाई” मन्दर पर्वतमा स्थित ऋषि वामदेवको आश्रममा लिएर गए” ऋषिमुनीलाई सम्पुर्ण वृतान्त सुनाए । “ऋषि वामदेवले चन्द्रभागालाई बैदीक मन्त्रको दिक्षा” दिए । वामदेवद्वारा मन्त्रको प्रभाव तथा ” रमा एकादशी व्रतको पालनाद्वारा चन्द्रभागालाई दिव्य शरिर प्राप्त भयो” र उनि आफ्ना पतिका अगाडी पुगिन आफ्नि पत्नीलाई देखेर राजा शोभान प्रसन्न भए ।
चन्द्रभागाले भनिन स्वामी मैले आठ बर्ष अगाडी देखि रमा एकादशी व्रत पालन गर्दै आएकोछु यहि व्रतको प्रभावद्वारा हजुरको राज्य प्रलयकालसम्मका लागि शाश्वत तथा समृध्द रहनेछ । तत्पश्चात उनी आफ्ना पतिका साथ आनन्दपुर्वक रहन थालीन । भगवान कृष्ण भन्नु हुन्छ युधीष्ठीरलाई हे राजन कामधेनु तथा चिन्तामणि समान यी रमा एकादशीले सबैका ईच्छाहरुपुर्ण गरिदिन्छन ।
“भगवान श्रीकृष्ण” अगाडी भन्नु हुन्छ हे राजन मैले तिमि लाई यो एकादशीको “महात्मय सुनाय” आजको एकादशीको व्रत पालन गर्ने मनुष्यले मोक्ष प्राप्त गर्छ साथै यो व्रतको महिमा जो “मनुष्यले श्रवण गर्छ” साथै “अरु लाई पनि सुनाउँछ” ती सम्पुर्ण पापवाट मुक्त हुन्छ र ति सबैले आनन्दपुर्वक बैकुण्ठ लोक प्राप्त गर्छन ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी