लेखक : विष्णु राजवंशी

विराटनगर, कार्तिक २० गते । गायक तथा संगीतकार दिप नारायण राजवंशीलाई निफा अवार्ड २०२६ हात पार्न सफल भएका छन् ।
गायक तथा संगीतकार दिप नारायण राजवंशीले आफ्नो प्रतिभा, मेहनत र सिर्जनामार्फत फेरि एकपटक राजवंशी समुदायको गौरव बढाएका छन्।
उनको महत्वपूर्ण योगदान रहेको डकुमेन्ट्री ‘विराटनगर के प्राचीन राजवंशी’ ले राजवंशी समुदायको इतिहास, पहिचान, कला र संस्कृतिलाई उजागर गर्ने महत्वपूर्ण काम गरेको छ।
उनी राजवंशी चलचित्रकर्मी समाज समितिका अध्यक्षसमेत हुन् । गीत-संगीतदेखि चलचित्र तथा वृत्तचित्रसम्मको उनको यात्रा प्रशंसनीय छ।
यो अवार्ड केवल एक व्यक्तिको सफलता मात्र होइन, राजवंशी भाषा, कला, संस्कृति र पहिचानको सम्मान पनि हो।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी