
विराटनगर, मंसिर ५ गते । जहदा गाउँपालिका वडा नं. २, मोहनपुर घटनाबाट प्रभावित टुहुरा भाइबहिनीलाई माजिक अभियन्ता बिनोद चाहारले न्यानो कपडा र उपभोग्य सामग्री सहयोग सहयाेग गरेका छन् ।
मानवीय सहयोगस्वरूप न्यानो कपडा, बिस्कुट, चाउचाउ, चामल, भुजा लगायतका खाद्यान्न सामग्री सहयोग गरेकाे हाे ।
पत्रकार विष्णु राजवंशीको विशेष पहलमा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनको हातबाट पीडित भाइबहिनीलाई उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा जेन्जी अभियानमा अहोरात्र खटिएकी किशोरी कार्की, बाल कलाकार साइना चाहार तथा सामाजिक व्यक्तित्व सुरज खत्रीलगायतको उपस्थिति रहेको थियो।
पीडित भाइबहिनीको दुःख र अभावलाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले गरिएको सहयोगले उनीहरूलाई राहत पुग्ने विश्वास व्यक्त गरिएको छ।
मानवता भाषणमा होइन, व्यवहारमा देखिनुपर्छ। पीडितको आँसु पुछ्न अघि सर्ने हात नै समाजका लागि वास्तविक उदाहरण हुन्।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी