लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, मंसिर १२ गते । प्रगति विनायक जेष्ठ नागरिक सेवा समाज, प्रगति विनायक टोल विराटनगर–८, मोरङको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाले समाजको नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दै जेष्ठ नागरिकको सम्मान, सेवा तथा आपसी सद्भावलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
साधारणसभाबाट समाजको अध्यक्षमा चेतनाथ निरौला सर्वसम्मत चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा राजेन्द्र कुमार थापा, सचिवमा खगेश प्रसाद मण्डल र कोषाध्यक्षमा इन्दिरा राउत चयन भएका छन्।
समाजको सदस्यमा भानु भक्त थापा, शेरबहादुर सुवेदी, इन्दरा कोइराला, सूर्य देवी आचार्य, सुधिर कुमार ढुंगाना, रामचन्द्र शर्मा खतिवडा र शैलेन्द्र प्रसाद गुप्ता चयन भएका छन्।


त्यसैगरी समाजको सल्लाहकार समितिमा माधव प्रसाद ढुंगेल, शिव प्रसाद निरौला, खड्क बहादुर बस्नेत, दमन विक्रम थापा, प्रा.डा. देवी बहादुर थापा, वरिष्ठ अधिवक्ता शिव प्रसाद आचार्य र प्रा.डा. रामलाल सुतिहार रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलले साधारणसभाको उद्घाटन गर्दै जेष्ठ नागरिकको सम्मान र स्वास्थ्य अवस्थाबारे जानकारी लिन वडा कार्यालयले विशेष कार्यक्रम सञ्चालन गरिरहेको बताए।
उनले भने ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गर्ने तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिने कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै टोलमा त्यस्ता जेष्ठ नागरिक कोही भए वडा कार्यालयलाई जानकारी गराउन आग्रह गरे।
जेष्ठ नागरिकका लागि सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकाले उनीहरूको सेवा, सुविधा र आवश्यकताका विषयमा सुझाव दिन आग्रह गर्दै अध्यक्ष पोखरेलले प्राप्त सुझावलाई ग्रहण गरी प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा प्रा.डा. देवी बहादुर थापाले जेष्ठ नागरिक सेवा समाजलाई जेष्ठ नागरिकहरूले आफ्ना दुःख–सुख साटासाट गर्ने साझा थलोका रूपमा व्याख्या गरे। उनले समाजले जेष्ठ नागरिकका लागि पार्क निर्माण गरेको उल्लेख गर्दै सबैलाई बिहान–बेलुका पार्कमा भेला भएर आपसमा रमाइलो गर्दै समय बिताउन आग्रह गरे।
वडा सदस्य भूवन राजवंशीले जेष्ठ नागरिक समाज, गणेश मन्दिर र जेष्ठ नागरिक पार्क वडा नं. ८ का गहनाका रूपमा रहेको बताए। उनले जेष्ठ नागरिकहरूको सल्लाह र सुझावलाई आत्मसात गर्दै सोहीअनुसार अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
समाजका सदस्य शेर बहादुर सुवेदीले जीवनका विभिन्न जिम्मेवारी निर्वाह गर्दै आध्यात्मिक जीवनमा प्रवेश गरेको उल्लेख गर्दै जेष्ठ नागरिकहरूलाई समय–समयमा एक ठाउँमा भेला गराउनु र सन्ततिलाई मार्गदर्शन गर्नु संस्थाको प्रमुख उद्देश्य रहेको बताए। उनले समाजको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थाले जेष्ठ नागरिकको हितमा निरन्तर काम गर्ने विश्वास व्यक्त गरे ।


प्रगति विनायक जेष्ठ नागरिक सेवा समाजको स्थापना २०७६/०७७ मा भएको हो। स्थापना भएदेखि नै समाजले जेष्ठ नागरिकलाई एकत्रित गर्ने, आपसी सद्भाव बढाउने तथा उनीहरूको सम्मान र सेवाका लागि विभिन्न गतिविधि गर्दै आएको छ।
त्यसैगरी कार्यपालिका सदस्य तारा राय तथा संस्थाका सल्लाहकार दमन विक्रम थापा लगायतको उपस्थिति रहेको थियो।
सातौँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नुका साथै जेष्ठ नागरिकको सम्मान, सेवा र सामाजिक सहभागितालाई निरन्तरता दिने सन्देश दिएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी