
विराटनगर, मंसिर ९ गते । साम-चकेवा समाज विज्ञानमा आधारित एउटा उत्सव हो। यस उत्सवलाई विवाहित महिलाहरुले आफनो माइती प्रतिको श्रद्धा, अगाधप्रेम र प्रेमको प्रतिकको रुपमा लिने गर्दछ। यो उत्सव गाँउ घरमा भव्य सभ्य रुपमा मनाउने गर्दछ । साम-चकेवा उत्सवमा स्थानीय घरेलु कला, व्यवहार, रहनसहन, गीत, नृत्यलाई समावेश गरिएको हुन्छ।

साम-चकेवा उत्सवले सामूहिक संगठित भएर अन्यायको विरोध गर्नु पर्दछ भन्ने सन्देश दिन्छ ।
साम-चकेवा उत्सव खासगरी रात्रीको समयमा मनाउने चलन छ । यस उत्सवको उदेश्य भाइ बहन विचको अटुट मायाप्रेमको प्रतिक हो ।
उत्सव कला सिर्जनाको उदगम पनि हो । हरेक घरमा महिलाहरु र छोरीहरुले सामूहिक रुपमा माटोको विभिन्न पात्रहरुको सानो सानो मूतिहरु बनाउने गर्दछ। ति मूर्तिहरु निर्माणमा घरेलू सामग्रीहरुको प्रयोग मात्रै गर्दछ । त्यसैले, हरेक घरमा न्यूनतम मूर्ति निर्माण गर्ने कला, गित गाउने कला र नृत्य गर्ने कला अहिले पनि कायम छ। तसर्थ, मगही संस्कृति प्राचीन सभ्यताको उदगम मानिन्छ ।
समाजमा द्वन्द्व फैलाउने, झगडा लगाउने र कुविचारलाई सामूहिक रुपमा बहिष्कार गर्ने एउटा सामाजिक अभियान हो । यस अभियानले समाजमा एकता, सदभाव र आदर्श स्थापना गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
प्रायः जसो समाजमा रहेको कुरिति कुसंस्कार, गलत परम्परालाई हटाउन र असल सबल समाज निर्माण स्थापना गर्नमा महिलाहरुको अभूतपूर्व योगदान रहदै आएको छ ।
छठ पर्व समाप्त भएको स्थानबाट साम-चकेवा बनाउनको लागि पहिलो पटक माटो ल्याउने गर्दछ । त्यही माटोबाट बनाएको सामा चकेवामा प्रत्येक दिन थप गर्दै माटोको सबै सामग्री पुरा गर्दछ । कार्तिक महिनाको शुल्क पक्ष देखी कार्तिक पूर्णिमा सम्म मनाउने गर्दछ ।

उत्सवमा महिलाहरु मात्रै सहभागी हुन्छ। यसमा माटोको केही मूर्तिहरु बनाउने प्रथा छ ।
१. साम-चकेवा (मुख्य पात्र) पक्षीको जोडाको रुयस उत्सवले सामूहिक संगठित भएर अन्यायको विरोध गर्नु पर्दछ भन्ने सन्देश दिन्छ । यो उत्सव खासगरी रात्रीको समयमा मनाउने चलन छ।
२. साँब भाई को प्रतिक (सामाको भाई) ।
३. चुगला : गाँउ समाजको फटहा व्यक्ति। (यसको मूर्ति बनाउँदा पटुवा( जुट)को दाढी बनाईन्छ ।
४. सतभइया : सात भाइको प्रतिक ।
उत्सवको रात गर्ने विधिहरु :
१. साँझको प्रथम पहरमा स्नान गरी पवित्र मनले बाँसको टोकरी वा चचरी वा दउरीमा माटोले बनाएको सबै सामग्रीहरुलाई सजाएर राख्ने गर्दछ ।
२. रातको खाना खाईसकेपछि सबै महिलाहरु आ आफनो डाली लिएर जोतेको खेतमा एक ठाँउ भेला हुने गर्दछ ।
३. गीत नृत्य गर्दै समापन गर्दछ ।
४. त्यसपछि चुगला दहन गर्दै सामा चकेवा उत्सव समापन हुन्छ । लेखक भाषा संस्कृति प्रतिष्ठान विराटनगरकाे अध्यक्ष हुनुहुन्छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी