
विराटनगर , कार्तिक १८ गते । उद्योग, व्यापार, उद्यमशीलता तथा रोजगारीका अवसरलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित आयोजना हुन लागेको विराट एक्स्पो २०८३ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।
उद्योग संगठन मोरङको आयोजनामा विराटनगर-१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोको यस वर्षको मूल अवधारणा ‘”अवसरहरूको पारिस्थितिक प्रणाली” रहेको छ।
एक्स्पोबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले यस संस्करणलाई विगतका एक्स्पोभन्दा फरक, नवीन सोच र अवसरमा केन्द्रित बनाइएको जानकारी दिएका छन्। एक्स्पो प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछ।
आयोजकका अनुसार विराट एक्स्पो २०८३ मा उद्योग, उत्पादन, प्रविधि, कृषि, सेवा, सीप विकास, रोजगारी तथा उद्यमशीलतासँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिनेछ। यस वर्ष एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन्।
एक्स्पोमा मुख्य रूपमा छवटा अवसरमूलक प्लेटफर्म समावेश गरिएका छन्। पहिलो प्लेटफर्म अन्तर्गत विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसर उपलब्ध गराइनेछ। यसमा अटोमेसन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा स्वास्थ्यलगायत आठवटा क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष व्यवस्था रहनेछ।

त्यस्तै, स्टटपमा नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गरिनेछ। यसअन्तर्गत मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमहरूको प्रदर्शनी हुनेछ।विज्नेस डेभलपमेन्ट सर्भिस अन्तर्गत उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, लेखापरीक्षण, करसम्बन्धी जानकारी, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स तथा बजार पहुँचजस्ता सेवा एकै स्थानबाट उपलब्ध गराउने लक्ष्य राखिएको छ।
यसैगरी विराट विजनेस समिट २०२६ तीनदिने व्यावसायिक तथा नीतिगत सम्मेलनका रूपमा आयोजना हुनेछ। सम्मेलनमा देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीतिनिर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कोशी प्रदेशका जिल्ला उद्योग वाणिज्य संघहरूलाई विशेष रूपमा जोड्दै प्रत्येक दिन छुट्टाछुट्टै जिल्लाका उद्यमीहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ।
सम्मेलनका तीन दिनमा ईन्भेष्ट एण्ड, कन्टेन्ट एण्ड एक्पेवुन्ड, ईन्फुलुन्स एण्ड ग्राे विषयमा छलफल हुनेछ। नेपाल-भारत तथा नेपाल-बंगलादेश बिजनेस फोरम, बीटुबी मिटिङ र विषयगत छलफलसमेत आयोजना गरिनेछ।
एक्स्पोको अर्को विशेष आकर्षण अवसरका वाल रहनेछ। यसमा स्थानीय सरकार तथा उद्योगी व्यवसायीबीच लगानीका सम्भावना, स्थानीय उत्पादन, कच्चा पदार्थ, प्रविधि, साझेदारी तथा बजार विस्तारका अवसर प्रस्तुत गरिनेछ।
पाँचौँ प्लेटफर्म विज्नेस एक्सविटिसन अन्तर्गत विभिन्न क्षेत्रका उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल, खाद्य तथा मनोरञ्जनात्मक गतिविधिसहित व्यावसायिक प्रदर्शनी हुनेछ। छैटौँ प्लेटफर्ममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
आयोजकका अनुसार एक्स्पोमा करिब १५० वटा इन्डस्ट्रियल तथा कर्पोरेट स्टल, १५ वटा प्रायोजकका लागि विशेष स्टल, ५० वटा कृषि तथा साना उद्यमका स्टल, २० वटा अटोमोबाइल स्टल, १२ वटा फुड स्टल, १० वटा बिजनेस डेभलपमेन्ट सर्भिस स्टल, १० वटा तालिम प्रदायकका स्टल र १० वटा साना तथा वृद्धि उन्मुख उद्यमका स्टल रहनेछन्।
एक्स्पोले उद्योगी व्यवसायी, लगानीकर्ता, विद्यार्थी, युवापुस्ता तथा आम नागरिकलाई एउटै प्लेटफर्ममा जोड्दै नयाँ व्यावसायिक सम्बन्ध निर्माण, लगानी प्रवर्द्धन, सीप विकास र रोजगारी सिर्जनामा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजकले विराट एक्स्पोलाई केवल वस्तु तथा सेवाको प्रदर्शनीमा सीमित नराखी उद्योग, उद्यमशीलता, प्रविधि, लगानी र बजार विस्तारका अवसर जोड्ने साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएको एक्सपाे संयाेजक विपीन काबराले जनाएको छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी