लेखक :

विराटनगर , कार्तिक १६ गते । सुनसरीको धरान उपमहानगरपालिका-२० च्यानडाँडामा गाँजा बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले दुई राउण्ड हवाई फायर गरी पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूको साथबाट २०९ किलो ४२ ग्राम गाँजासमेत बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बा.१ च. ५०३८ र को.१ च. ८१८२ नम्बरका दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेको समूहलाई फेला पारेको थियो।
प्रहरीलाई देख्नासाथ भाग्न खोजेपछि प्रहरीले पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरी उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका-१० का २४ वर्षीय रामसागर कुमार यादव, छिन्नमस्ता गाउँपालिका-६ का ५९ वर्षीय राजकुमार साह, राजगढ गाउँपालिका-१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, धरान उपमहानगरपालिका-११ का २१ वर्षीय अमृत बिशुङ्खे र भारत बिहारका ३८ वर्षीय सन्तोष ठाकुर रहेका छन्।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै गाडीबाट कुल २०९ किलो ४२ ग्राम गाँजा बरामद भएको हो। पक्राउ परेका पाँचै जनामाथि लागूऔषध गाँजाको अवैध कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी