लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, कार्तिक १९ गते । जैविक विविधताको संरक्षण, स्थानीय पर्यटन प्रवर्द्धन तथा मौलिक खेलकुदको विकास गर्ने उद्देश्यले सुनसरीको बराहक्षेत्रमा ‘स्टोन स्किपिङ च्याम्पियनसिप नेपाल, २०८३’ आयोजना हुने भएको छ।
आगामी कार्तिक २४ गते सोमबार बराहक्षेत्र नगरपालिका-११, मधुवनस्थित टोलिया पोखरीमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामार्फत सप्तकोशी नदी, चतरा नहर र अमाहा सिमसार क्षेत्रको पर्यटन प्रवर्द्धन तथा जैविक विविधता संरक्षणको अभियान सञ्चालन गरिने आयोजकको भनाइ छ। यसअघि पनि उक्त क्षेत्रमा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना गरिएको थियो।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय क्षेत्रको प्रचारप्रसार गर्नुका साथै कोशीटप्पु वन्यजन्तु आरक्षमा पाइने विभिन्न वन्यजन्तु तथा चराचुरुङ्गीको संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।
प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ, द्वितीय हुनेले १५ हजार रुपैयाँ र सान्त्वना स्थान हासिल गर्नेले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
स्टोन स्किपिङ विश्वका विभिन्न देशमा नदी, ताल, समुद्री किनार तथा अन्य जलाशयमा खेलिने मनोरञ्जनात्मक तथा प्रतिस्पर्धात्मक खेल हो । यस खेलमा समथर र गोलाकार ढुङ्गालाई पानीको सतहमा उछिट्याएर बढीभन्दा बढी पटक पानीमा उफार्ने प्रयास गरिन्छ। यसको अभ्यास प्राचीन ग्रिस तथा रोम सभ्यतासम्म पुगेको उल्लेख पाइन्छ।
आयोजक चतरा हाइकिङ समूहका संयाेजक भीषण राईका अनुसार प्रतियोगितालाई खेलकुद, पर्यटन र स्थानीय पहिचानसँग जोड्दै क्षेत्रको प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ। प्रतियोगितामा सहभागी हुन तथा अवलोकन गर्न आयोजकले खेलप्रेमी, स्थानीयवासी र सरोकारवालालाई आग्रह गरेको छ।
प्रतियोगितामा सहभागी हुन १ सय रूपिया लाग्ने सह आयाेजक हाम्रो एकता युवा क्लवका संयाेजक आशिक अन्सारीले वताए ।
प्रतियोगिता सम्पन्न गर्न करीब ३ लाख ५५ हजार लाग्ने आयाेजकले अनुमान गरेकाे छ ।
प्रतियोगिताकाे लागि आयाेजकले लगाउने भेष्ट नेपाल पत्रकार महासंघ काेशी प्रदेश अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासंघ माेरंगका अध्यक्ष सुशीला पाठकले सार्वजनिक गरेका छन्  ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी