
विराटनगर, कार्तिक २० गते । चाडपर्वमा हुन सक्ने आपराधिक गतिविधि, लागूऔषधको ओसार पसार, पटकाजन्य विस्फोटक पदार्थ नियन्त्रणको लागी बिभिन्न स्थानमा प्रहरी कुकुरसहितको चेकिङ टोली परिचालन गरी सवारीसाधन, शंकास्पद सामग्री तथा आवतजावत गर्ने संकित व्यक्तिमाथि निगरानी र चेक जाँचलाई कडाइ गरिएको छ ।
कोशी प्रदेश प्रहरीले चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, ठगी, अवैध गतिविधि, विस्फोटक पदार्थको ओसारपसार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न चाडपर्व सुरक्षा योजना अनुसार सक्रियरुपमा प्रहरी परिचालन गरेको छ ।
बिशेष गरी तिहारलाई लक्षित गरी पटका तथा पटकाजन्य अन्य विस्फोटक पदार्थको बिक्री वितरण, ओसार पसार र प्रयोगलाई नियन्त्रण गर्न सीमा नाकामा प्रहरी परिचालनलाई थप प्रभावकारी बनाएको छ ।
चेकजाँचको क्रममा प्रहरीले बिभिन्न स्थानहरुबाट अबैधरुपमा भित्राएका करिव १० लाख ७ हजार भन्दा बढी मुल्य वरावको पटकाजन्य विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ ।
चाडपर्वको समयमा आफ्नो घर तथा पसलको सुरक्षामा ध्यान दिन, अपरिचित व्यक्तिको गतिविधि प्रति सचेत रहन, पटका तथा पटकाजन्य विस्फोटक पदार्थको प्रयोग नगर्न र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरीको आपत्कालिन सेवा १०० मा जानकारी गराउन काेशी प्रदेश प्रहरीले अनुरोध गरेकाे छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी