
विराटनगर, कार्तिक, २६ गते । जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ४ स्थित पुर्व पश्चिम राजमार्गमा जिंक एएसएच लोड गरीएको ट्रक नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हेड क्वाटर मोरङ्गको टोलीले बिशेष सुचनाको आधारमा ट्रक नियन्त्रणमा लिएको हाे ।
उर्लाबारी स्थित चाईनिज काेभेक क्रेजीसी जेभी कम्पनिबाट १३०९० के.जी जिंक एएसएच लोड गरि सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १३४८ नम्बरको ट्रक चेक जाँच समानकाे मुल्य फरक देखएकाेले पक्गरकाे थियाे ।
बिलमा सामानको मुल्याङ्कन चौध लाख रूपैयाँ बराबरको फरक देखिएको साथै ढुवाँनीकर्ता र क्रेताहरुको विवरण समेत फरक/फरक देखिएकोले राजस्व छली भएको हुनसक्ने देखिएकोले नियन्त्रणमा लिई नं. ३ गण मोरङ्गमा ल्याइएकोमा आवश्यक अनुसन्धान तथा अन्य कारवाहीको लागि आन्तरिक राजस्व कार्यालय दमकमा पत्राचार गरिएकाे छ । ट्रक सहित जिंक एएसएस नं. ३ गण मोरङ्गमा राखिएको छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी