
विराटनगर, कार्तिक २६ गते । खुसी र उमंगका साथ छठ पर्व मनाउन काठमाडौंँबाट आफ्नो घर सर्लाही फर्किंदै गरेका यात्रुका लागि बिहीबार बिहानको यात्रा जीवनकै अन्तिम यात्रा बनेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको दुःखद मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे चिसापानीगढीबाट करिब ७ सय मिटर तल भीरमा खसेको हो।
दुर्घटनामा घाइते भएका सञ्जय यादवका अनुसार माइक्रोबसमा सवार अधिकांश यात्रु निदाइरहेका थिए। चिसापानीगढीमा केहीबेर रोकिएको गाडी चालकले अगाडि बढाउने क्रममा एक्कासि भीरबाट खसेको उनले बताएका छन्।
छठ पर्व मनाउन परिवार, आफन्त र प्रियजनसँग भेट्ने सपना बोकेर घर फर्किरहेका यात्रुहरू एकाएक दुर्घटनाको सिकार बनेपछि सर्लाहीसहित मधेश क्षेत्रमा शोक छाएको छ।
चाडपर्वको खुसी बाँड्न घर फर्किने क्रममा भएको हृदयविदारक दुर्घटनाले फेरि एकपटक सार्वजनिक यातायातको सुरक्षा, चालकको सावधानी र यात्रुको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
१० जनाको ज्यान जाने गरी भएको यो दुर्घटनाको वास्तविक कारण के हो ? सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्छ ।
छठको खुसी बोकेर घर फर्किंदै गरेका यात्रुहरूको यस्तो दुःखद अन्त्यले सबैलाई स्तब्ध बनाएको छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी