
विराटनगर, मंसिर ८ गते । नेपाल शल्यचिकित्सक समाज ‘एसएसएन’ को १५औँ राष्ट्रिय सम्मेलन मंसिर १० देखि १२ गतेसम्म विराटनगरमा हुने भएको छ।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा आयोजना हुने सम्मेलनमा नेपालसहित ९ देशका शल्यचिकित्सक, अनुसन्धानकर्ता, प्राध्यापक तथा आवासीय चिकित्सकहरूको सहभागिता रहनेछ ।
नेपाल शल्यचिकित्सक समाज कोशी प्रदेशको आयोजना तथा केन्द्रीय समाज, काठमाडौंको सहकार्यमा हुन लागेको सम्मेलन कोशी प्रदेशमा झण्डै दुई दशकपछि आयोजना हुन लागेको प्राेफेसर डाक्टर राेहित कुमार यादवले जानकारी गराउनुभयाे ।
‘शल्यचिकित्सामा उत्कृष्टताको अभिवृद्धि, नवप्रवर्तन, प्रविधि र सहकार्य’ भन्ने नाराका साथ हुने सम्मेलनले शल्यचिकित्साको क्षेत्रमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्य राखेको छ।
सम्मेलनमा शल्यक्रियाका नवीन प्रविधि, कम चिरफारबाट गरिने उपचार पद्धति तथा बिरामी सेवाको गुणस्तर सुधारका विषयमा छलफल हुनेछ। मंसिर १० गते तीनवटा पूर्वसम्मेलन कार्यशाला सञ्चालन गरिने आयोजकले जनाएको छ। कार्यशालामा इन्डोस्कोपी तथा कोलोनोस्कोपी, हर्नियाको शल्यक्रिया र मलद्वारसम्बन्धी रोगको उपचारमा व्यावहारिक तालिम दिइनेछ। साथै पेटको क्यान्सर तथा कलेजोको शल्यक्रियाको तयारीबारे विशेषज्ञसँग अन्तरक्रिया हुनेछ।
मंसिर ११ र १२ गते हुने मुख्य वैज्ञानिक कार्यक्रममा अनुसन्धानपत्र तथा ई-पोस्टर प्रस्तुति, विशेषज्ञ प्रवचन र अन्तरक्रियात्मक सत्रहरू समावेश गरिनेछन्। हर्निया, अन्ननली, पेट, कलेजो, प्यान्क्रियाज, कोलोरेक्टल, स्तन, युरोलोजी तथा न्युरोसर्जरीसम्बन्धी विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन्। यसका साथै रोबोटिक शल्यक्रिया र चिकित्सा शिक्षामा कृत्रिम बुद्धिमत्ता एआईको प्रयोगजस्ता नवीन विषयमा पनि छलफल गरिनेछ।
सम्मेलनको आकर्षणका रूपमा ल्याप्रोस्कोपिक सीप प्रतियोगिता ‘एमआइएस च्याम्पियनसिप’ आयोजना हुनेछ। युवा शल्यचिकित्सक तथा आवासीय चिकित्सकका उत्कृष्ट अनुसन्धानपत्र र पोस्टरलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको छ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, जापान, फिलिपिन्स, संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियाका चिकित्सकहरूको सहभागिता रहनेछ। विदेशी विशेषज्ञहरूको उपस्थितिले नेपाली शल्यचिकित्सकलाई अन्तर्राष्ट्रिय स्तरमा विकसित नयाँ प्रविधि, उपचार पद्धति तथा अनुसन्धानबारे जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ।
सम्मेलनले अनुभवी तथा युवा शल्यचिकित्सकबीच सहकार्य विस्तार गर्नुका साथै नेपालमा शल्यचिकित्सा सेवाका चुनौती, सम्भावना र सुधारका उपायबारे साझा बहस अघि बढाउने अपेक्षा गरिएको छ। आयोजकले शल्यचिकित्सक, प्राध्यापक, आवासीय चिकित्सक, अनुसन्धानकर्ता तथा स्वास्थ्यकर्मीलाई सम्मेलनमा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ।
उक्त कार्यक्रम गर्न एक कराेड भन्दा बढी खर्च लाग्ने आयाेजकले जनाएकाे छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी