लेखक :

विराटनगर, मंसिर, ६ गते । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको निर्वाचनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको पदस्थापन गरिएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयोजक मुकेश कुमार उपाध्यायले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।
महासंघको निर्वाचनबाट अध्यक्षमा केशर कुमार बुढाथोकी विजयी भएका छन् । प्रथम उपाध्यक्षमा रमेश कार्की, द्वितीय उपाध्यक्षमा चन्द्र सापकोटा तथा तृतीय उपाध्यक्षमा मिलन कुमार बस्नेत निर्वाचित भएका छन् ।


त्यस्तै, महासचिवमा सन्तोष कुमार बस्नेत, उपमहासचिव (नीतिगत) मा लीला प्रसाद गुरागाईं, उपमहासचिव (आन्तरिक) मा चन्द्र पाठक, कोषाध्यक्षमा किशोर भट्टराई र सह-कोषाध्यक्षमा मनोज कुमार राई विजयी भएका छन् ।
यसैगरी, सदस्यतर्फ लक्ष्मी श्रेष्ठ, गणेश प्रसाद यादव, उत्तम कुमार पौडेल, सन्त कुमार महेता, तिलकराज पोखरेल (मनाेहर), चन्द्रेश्वर सुवेदी, रणबहादुर कार्की र सुप्रिम राई विजयी भएका छन् । निर्वाचित कार्यसमितिले निर्माण व्यवसायीहरूको हकहित संरक्षण तथा निर्माण क्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी