लेखक : श्यामसुन्दर सुतिहार

विराटनगर, मंसिर ११ गते । विराटनगर महानगरपालिका वडा नं. ८ ले वडाभित्र रहेका १४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमको शुभारम्भ गरेको छ।
ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत ८० वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई घरमै पुगेर सम्मान गरिने भएको छ।
कार्यक्रमको शुभारम्भ विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर-८ स्थित अशोक चोक निवासी ९५ वर्षीया जुबेदा खातुन र ९१ वर्षीया नुरजहा खातुनलाई सम्मान गरेर गर्नुभयो। उपप्रमुख कार्कीले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै उनीहरूको दीर्घायु, सुस्वास्थ्य र सुखमय जीवनको कामना गर्नुभयो।
विराटनगर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेलका अनुसार वडाभित्र रहेका ८० वर्ष उमेर पूरा गरेका १४५ जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको छ। सम्मानस्वरूप ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाउनुका साथै हर्लिक्स, टर्च लाइटलगायत विभिन्न उपयोगी सामग्री प्रदान गरिने उहाँले बताउनुभयो।


ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमले उनीहरूप्रति समाजको सम्मान र जिम्मेवारीलाई अभिव्यक्त गर्नुका साथै परिवार तथा समुदायमा ज्येष्ठ नागरिकको महत्व स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जीवनका लामो समय समाज र परिवारका लागि योगदान दिएका ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सामाजिक सद्भाव र मानवीय संवेदनाको महत्वपूर्ण पक्ष भएको वडा अध्यक्ष पोखरेलले बताउनुभयो।
उक्त सम्मान कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं. ८ की वडा सचिव लिना कुमारी यादवको समेत उपस्थिति रहेको थियो। त्यसैगरी कार्यपालिका सदस्य तारा कुमारी राय, वडा सदस्यहरू भुवन राजवंशी, मो. अब्बास, तारा राई, पवित्रा विश्वकर्मा तथा नेकपा एमाले महानगर सचिवालय सदस्य प्रमोद खतिवडा समाज सेवि सोभा निरौला लगायतको सहभागिता रहेको थियो।
वडा सचिव लिना कुमारी यादवका अनुसार ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर सम्मान गर्नुका साथै उनीहरूको स्वास्थ्य अवस्था, आवश्यकताका विषयमा जानकारी लिने र वृद्धभत्ता प्राप्तिमा कुनै समस्या भए-नभएको बुझ्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
घरदैलोमै पुगेर सम्मान तथा आवश्यक जानकारी लिने यस कार्यक्रमले ज्येष्ठ नागरिकलाई सहज सेवा उपलब्ध गराउनुका साथै उनीहरूको समस्या पहिचान गरी समाधानका लागि पहल गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। वडा नं. ८ ले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सेवामा थप संवेदनशीलता अपनाउँदै कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी