लेखक : विष्णु राजवंशी

विराटनगर, कार्तिक १२ गते । मोरङको जहदा गाउँपालिका–बुधनगरस्थित राजवंशी टोलमा लक्ष्मी पूजाको अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रम शुक्रबार सञ्चालन हुने भएको छ। यसअघि स्थगित गरिएको उक्त कार्यक्रम निर्धारित समय र स्थानमै सञ्चालन गरिने आयोजकले जनाएको छ।
लक्ष्मी पूजा आयोजक समितिका अध्यक्ष राजीव राजवंशीले स्थगित कार्यक्रम शुक्रबार सञ्चालन गरिने जानकारी दिएका छन्। उनले कार्यक्रम निर्धारित समयमै हुने भएकाले सहभागी हुन स्थानीयवासी तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन् ।
स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त सांस्कृतिक कार्यक्रमले स्थानीय समुदायबीच आपसी सद्भाव र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आयोजक समितिले कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन सम्पूर्ण स्थानीयवासी, संस्कृतिप्रेमी तथा शुभेच्छुकहरूलाई अनुरोध गरेको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी