लेखक :

विराटनगर, कार्तिक १३ गते । पत्रकारहरूद्वारा सञ्चालित सञ्चारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडद्वारा  दुई उत्कृष्ट विद्यार्थी सहित ६ जना सम्मानित भएका छन्  ।
सहकारीको १५ औँ साधारणसभा तथा पाँचौँ अधिवेशनकाे अवसरमा एसईई २०८२ मा ३.८४ जीपीए प्राप्त गर्ने शेयर सदस्य टेकप्रसाद अधिकारीका पुत्र मुलुक शर्मा र कक्षा १२ मा ३.२८ जीपीए प्राप्त गर्ने शेयर सदस्य विक्रम लुइँटेलकी पुत्री सुबिसा लुइँटेललाई नगद सहित सम्मान गरेकाे छ ।
यसैगरी, विद्यावारिधि हासिल गरेका शेयर सदस्य डा. रामचन्द्र अधिकारी,  छ। उत्कृष्ट बचतकर्ताका रोशन पोखरेल, असल ऋणीका प्रदीप भुजेल र अग्रज शेयर सदस्य तेजेन्द्रबहादुर भण्डारीलाई समेत सम्मान गरेका छन् ।


वहाँहरूलाई साधारणसभाका प्रमुख अतिथि  संस्थाका ज्येष्ठ शेयर सदस्य शिवबहादुर कार्कीले सम्मान गरेकाे हाे ।
शैक्षिक उपलब्धि हासिल गरेका शेयर सदस्यका सन्तानलाई प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले २०८२ सालदेखि यस्तो पुरस्कार प्रदान गर्न सुरु गरेको थियोे ।
साधारणसभा तथा अधिवेशनले संचालक र लेखा समितिमा नयाँ नेतृत्व चयन गरेकाेछ । जसमा उपाध्यक्ष नेत्र प्रसाद अधिकारी, सचिव बाबुराम भण्डारी, काेषाध्यक्ष तारा आचार्य, सदसहरूमा भाेजराज घिमिरे, राजेश कुमार राजवंशी, दिपक बहादुर खड्का, पदम सरदार र उषा कुमारी सरदर निर्विरोध भएका छन ।
यसैगरी लेखा समिति संयाेजकमा अभिनाश कुमार निधी, सदस्यमा पुष्पराज थपलिया र हरि अधिकारी समेत निर्विरोध भएका छन् ।
अध्यक्ष पदमा महाप्रसाद खतिवडा र धनकुमारी थापा भएकाे निर्वाचनमा खतिवडाले खसेकाे १०४ मत मध्ये ७३ मत प्राप्त गरि विजय भएकाे निर्वाचन समिति संयाेजक महानन्द सापकोटाले जानकारी दिनुभयो ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी