लेखक :

तीन जिल्लाबाट लागू औषध सहित ९ पक्राउ
विराटनगर, असोज २० गते । झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरुबाट लागू औषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।
असोज १९ गते झापाको लागु औषध व्युरो नियन्त्रण काकँडभिट्टा र प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोलीले कनकाई नगरपालिका ९ का ३८ वर्षिय सन्तोष चौधरी, ३० वर्षिय बिकास चौधरी र झापा गाउँपालिका ५ का २७ वर्षिय संजय दनुवारलाई ४ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर सहित, भारत देश किशनगंज थानाका २८ वर्षिय फिरोद आलमलाई २५ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियाे ।
त्यसैगरी मोरङको इलाका प्रहरी कार्यालय रानीले इटहरी उप-महानगरपालिका-२ का ३३ वर्षिय योगेन मगरलाई १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र जहदा गाउँपालिका १ कुडरीया स्थितमा बेवारिसे अवस्थामा बोरामा ८४ किलो ८५० ग्राम लागू औषध गाँजा फेला पारेको थियो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले मिक्लाजुङ गाउँपालिका ७ का ३१ वर्षिय धिरेन मगरलाई ८१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ।
यसैगरी प्रादेशिक अनुसन्धान समुह र सुनसरीको इलाका प्रहरी कार्यालय ईटहरीको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरपालिका ४ का ३० वर्षिय अनिष श्रेष्ठलाई १ ग्राम ५२० मिलिग्राम ब्राउन सुगर सहित र अस्थायी प्रहरी चौकी तिनकुनेले धरान उप-महानगरपालिका- ३ का २८ वर्षिय अनिष शाक्य र १६ वर्षिय रवि सहनीलाई ४६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएकाे छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी