लेखक : अजय मिश्रा

कपिलवस्तु, असोज १९ गते । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा राकेश यादवले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएकाे छ ।
युवा पुस्ताको प्रतिनिधित्व गर्दै मधेसी तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका यादवले नेपाली कांग्रेसलाई थप सुदृढ, व्यवस्थित र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने वताएकाे छ ।
यादवले युवाको सहभागिता बढाउने, पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउने तथा कपिलवस्तुका स्थानीय मुद्दा र जनताको आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म प्रभावकारी रूपमा पुर्‍याउने विषयलाई आफ्नो प्राथमिकतामा राखेकाे छ ।
नयाँ पुस्तालाई पार्टीको नेतृत्व र निर्णय प्रक्रियामा थप सहभागी गराउँदै कांग्रेसलाई समय अनुकूल रूपमा अघि बढाउन आवश्यक रहेको यादवकाे भनाईछ ।
महाधिवेशन नजिकिँदै गर्दा यादवले महाधिवेशन प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउदै आफ्नो उम्मेदवारीका विषयमा प्रतिनिधिहरूसँग सुझाव तथा समर्थनका लागि संवाद गरिरहेको जनाइएको छ ।
कपिलवस्तु क्षेत्र नं. २ बाट युवा पुस्ताको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा यादवको उम्मेदवारीलाई महाधिवेशनमा चासोका साथ हेरिएको छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी