विराटनगर, असोज १९ गते । झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारीबाट तास खेलमा संलग्न ७ जनाको समुहलाई ८ बुङ्ग तास सहित पक्राउ गरिएकोछ ।
असोज १८ गते जमिन राईले संचालन गरेको सेकुवा कर्नरमा तास खेलीरहेको भन्ने सुचना प्राप्तहुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारी झापाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा तास खेलिरहेको अवस्थामा सोही स्थानका किरण लाम्साल, हर्कराज राई, मेदनी बराल मेचीनगर-५ का बिशाल लावती, शेखरनाथ भण्डारी, मेचीनगर-३ का सागर बस्नेत र मेचीनगर-७ का प्रकाश लावतीलाई ८ बुङ्ग तास र नगद १ लाख ८ हजार ५२० रुपैयाँ सहित पक्राउ गरेको हो । तास सहित पक्राउ परेका उनीहरूको आवश्यक कानूनी कारवाही भइरहेको छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी