लेखक :

विराटनगर, कार्तिक १२ गते । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले विभिन्न पदमा बढुवा भएका प्रहरीहरूलाई दर्ज्यानी चिन्ह सुशोभन गरेकाेछ
प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा, प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा र प्राविधिक प्रहरी जवान पदबाट प्राविधिक प्रहरी सहायक हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरीहरूलाई सुशाेभन गरेकाे हाे ।
सुशाेभन हुने प्रहरी कर्मचारीहरुलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिव कुमार श्रेष्ठले दर्ज्यानी चिन्हद्वरा सुशोभन गर्नुभए छ।
कार्तिक १२ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले पदोन्नती हुनुहुने प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट तवरले निर्वाह गर्न निर्देशन दिनु भएको छ ।
कार्यक्रममा प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना, प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, कोशी प्रदेश प्रहरी कार्यालय गणका प्रमुख प्रहरी उपरीक्षक मान बहादुर राई, सिनियर तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी