विराटनगर, कार्तिक १४ गते । राजवंशी समाजको भाषा, संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा सामाजिक एकतालाई थप मजबुत बनाउने उद्देश्यसहित राजवंशी समाज उत्थान समिति विराटद्वारा विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
मोरङको कटहरी गाउँपालिका–२, कदमटोलीमा राजवंशी समाज उत्थान समिति विराट अन्तर्गत गाउँ एकाइ समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा राजवंशी समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न तहका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमले राजवंशी समुदायबीच आपसी सद्भाव, भाइचारा, एकता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने सन्देश दिएको छ ।

राजवंशी समाज उत्थान समिति विराटका केन्द्रीय अध्यक्ष भुवनेश्वर राजवंशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । त्यसैगरी समितिका वरिष्ठ उपाध्यक्ष प्रदीप विश्वास विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको आयोजना गाउँ एकाइ समितिकी सभापति सुनिता राजवंशीको नेतृत्वमा गरिएको थियो । कार्यक्रममा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
उपाध्यक्ष हृदयकुमार राजवंशी, महासचिव सिधुलाल राजवंशी, सचिव बसन्त राजवंशी, सहसचिव विश्वमान राजवंशी, केन्द्रीय सदस्यहरू देव नारायण राजवंशी, जवाहरलाल राजवंशी तथा पन्नालाल राजवंशी सहभागी हुनुभएको थियो । त्यस्तै जिल्ला अध्यक्ष इन्द्रलाल राजवंशीलगायत विभिन्न गाउँ तथा नगरका बुद्धिजीवीहरूको पनि उपस्थिति रहेको थियो ।
संस्कृति संरक्षण र सामाजिक एकतामा जोड
विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित यस कार्यक्रमले राजवंशी समुदायको मौलिक संस्कृति, परम्परा र सामाजिक पहिचानलाई जीवन्त राख्न सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिएको छ ।
यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्नुका साथै समुदायभित्र आपसी सहयोग, सद्भाव र एकताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
राजवंशी समुदायको पहिचान, संस्कृति र एकताको सन्देश बोकेको यस कार्यक्रमले चाडपर्वलाई केवल उत्सवमा सीमित नराखी सामाजिक सम्बन्ध सुदृढ गर्ने साझा अवसरका रूपमा स्थापित गरेको छ ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा राजवंशी समुदायका मौलिक लोकनाचहरू साम–चखेब, जट्टा–जटिन तथा चोर–कछी बितापत प्रस्तुत गरिएको थियो । परम्परागत लोकनाचको प्रस्तुतिले कार्यक्रममा सांस्कृतिक रौनक थप्नुका साथै राजवंशी समुदायको मौलिक कला, संस्कृति र परम्पराको झलक प्रस्तुत गरेको थियो ।
लोपोन्मुख अवस्थामा रहेका मौलिक लोकसंस्कृतिको संरक्षण, संवद्र्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्न यस्ता सांस्कृतिक प्रस्तुतिहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । आफ्ना पुर्खादेखि चलिआएका सांस्कृतिक परम्परालाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्नुले समुदायको पहिचान र सांस्कृतिक गौरवलाई थप उजागर गरेको छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी