
विराटनगर, कार्तिक २८ गत । जीवहरुको जीवन सर्जक र अर्जक दुबै सूर्यलाई मानिन्छ । सूर्यको किरण पौष्टि आहार हुन् । सूर्यको किरण हाम्रो शरिरलाई मात्रै होइन जनावरहरु, बोटविरुवाहरु, पशुपंक्षी, वालीनाली लगायत समस्त जीवलाई चाहिन्छ । संक्षिप्त रुपमा भन्नु पर्दा सूर्यको किरण विना जीवको परिकल्पना गर्न सकिदैन् ।
सूर्यले जीवलाई मात्रै होइन निर्जिव बस्तुको लागि पनि महत्वपूर्ण मानिन्छ । सूर्यको किरण नपरेका बस्तुहरु लामो समय सम्म टिकन सक्दैन् । अर्थात सूर्य किरणको अभावमा निर्जिव बस्तुहरु चाँडै नष्ट हुन्छ । त्यसैले, निर्जिव र सजिव दुवै बस्तुलाई स्वस्थ राख्न सूर्यको प्रकाश अनिर्वायता हो ।
सूर्यलाई वैदिककाल देखी प्रमुख देवता मानिन्छ । अर्थात सूर्यलाई सबै देवताहरुको स्रोत मानिएको छ । छठको उत्पति प्राचिन मगधको भूगोल (भारतको विहार र उत्तर प्रदेश, झारखण्ड) मा भएको मान्यता छ । त्यसैले, यस पर्वलाई मगही संस्कृतिहरु मध्येको एक महत्वपूर्ण पर्वको पनि मानिन्छ ।
छठको प्रसादको शुद्धता र सामग्रीहरुको महत्व
छठको प्रसाद अत्यन्तै चोखो मानिने हुनाले ठकुवा बनाउने (साँचो) लाई सधैँ शुद्ध काठ (जस्तै आँप वा सखुवाको काठ) बाट बनाइन्छ । पूजाको बेला मात्र विशेष सरसफाइका साथ निकालिन्छ । साँचोमा थिचेर बनाउँदा ठोकुवाको मोटाइ एकनासको हुनको साथै बुट्टा पनि कोरिन्छ । जसले गर्दा घिउ वा तेलमा तार्दा भित्रसम्म राम्ररी पाक्छ । अघ्र्यको डाली (सुपा) मा सजाउँदा आकर्षक देखिन्छ ।
ठकुवा बनाउने सामग्रीलाई साँच वा साँचो भनिनछ । छठी मातालाई चढाउन वा सूर्य देवतालाई अध्र्य दिन बनाउने प्रसादहरुको आकार र अंकित चित्र चिन्हहरुको विशेष महत्व छ । विशेष अर्थ छ । प्रसादको आकार र चित्र चिन्ह बनाउने सामग्रीहरु गोलाकार साँचो वा साँच हुन्छ । यसले चक्र वा सूर्य आकारले प्रत्यक्ष रूपमा सूर्य देवतालाई संकेत गर्दछ ।
पात आकारको साँचो (पीपल वा पानको पात) । लाम्चो र चुच्चो परेको पातको आकृतिले प्रकृतिप्रतिको सम्मान, हरियाली र जीवनको निरन्तरतालाई दर्शाउँछ ।
खजुरी (लाम्चो र दोहोरो चुच्चो) साँचो । यो विशेष गरी कडा र लामो समयसम्म टिक्ने खजुरी ठेकुवा बनाउन प्रयोग गरिन्छ, जसले पारिवारिक एकता र अटुट सम्बन्धको संकेत गर्छ ।
छठको प्रसाद सूर्य भगवानलाई अध्र्य : सूर्यलाई २ प्रकारको सामग्रीहरु अध्र्य दिने चलन छ ।
१) बोटविरुवा र फलफूलहरु : उखु, केरा, फलफूलहरु, नारिवल, केराउ, चना, अदुवा, कागती, सुथनीआलु , भण्टा, मुला लगायतका अन्यवालीहरु आदी ।
२) चिनी र पानीले बनाएको शुद्ध लडु (मिठाई), घिउ र गहुँको पिठोले बनेको ठकुवा, पूरुकिया, पुरी, खजुरिया, गुड र गहुँको पिठोले बनेको भुसवा, गाईको दुध आदी परिकारहरु ।
छठ पर्वको भाडाबर्तनहरु :
क) माटोले बनेको कोसीया कुरुवार, ढकनी, दिप, हाथी लगायतका माटोको सामग्रीहरु
ख) वाँसले बनाएको ढाकी, कोनीया र सुपा (नाग्लो) मा सबै सामग्रीहरु बोकेर छठ गर्ने स्थानमा लिएर जाने चलन छ ।
ग) अहिले पितल वा तामाको बर्तनहरु पनि प्रयोग हुन थालेको छ ।
घ) नयाँ माटोको चुलोमा सबै प्रसादहरु तयार गरिन्छ ।

पुस्तान्तरण र पारिवारिक विरासत
मगही संस्कृतिमा विहेको समयमा छोरीलाई विवाह गर्दा काठको साँचोलाई आमाबाटछोरीलाई उपहारको रुपमा हस्तान्तरण गर्दछ । त्यही घरमा सासुले बुहारीलाई छठको वेला प्रसाद बनाउन हस्तान्तरण गर्दछ । यस कार्यले छठ पर्व पुस्तान्तरण र हस्तान्तरणको महत्वलाई कायम राख्दै दुवै परिवारको पारिवारीक विरासतलाई निरन्तरता दिएको प्रमाण पनि हो । अर्थात, यो केवल भान्साको औजार मात्र नभई मातृप्रेम र पारिवारिक स्मृतिको चिनो पनि हो ।
छठ पर्वको बैज्ञानिक दृष्टिकोण ःछठ पर्वमा अस्ताउदो सूर्यलाई र उदाउँदो सूर्यलाई अर्ध दिइन्छ । उदाउँदो र अस्ताउँदो बेलामा सूर्य रातो जस्तो देखिन्छ ।
(१)सूर्यको प्रकाशबाट प्राप्त हुने किरणले बिभिन्न प्रकारको भिटामिनहरु र खनिजहरु प्रदान गर्दछ । हाम्रो शरिरलाई राम्ररी काम गर्न निकै धेरै खनिजहरु र भिटामिनहरु चाहिन्छ । हाम्रो शरिरलाई नभई नहुने भिटामिन डि सूर्यको किरणमा सबै भन्दा बढी र प्राकृतिक रुपमा पाईन्छ । जीव मात्रको लागि सूर्यको किरण अनिवार्यता हो । तसर्थ, सूर्य प्रकाशको विशिष्ट महत्व छ । सूर्यमा हाइड्रोजन, हिलियम, आइरन, निकेल, अक्सिजन, सिलकन, सल्फर, म्याग्रेसियम, कार्बन, नियोन, क्याल्सियम, क्रोमियम लगायत तत्वहरु शारिरीक विकास क्रमको प्रमुख द्योतक मानिन्छ ।
२) अन्न उत्पादनको लागि सूर्यको प्रकाश अनिवार्य चाहिन्छ । सूर्यको प्रकाशको अभावमा अन्नको उत्पादन सम्भव छैन् । भावी पुस्तालाई सूर्यको प्रकाशको महत्व बारे जानकारी गराउन प्रर्दशन गर्ने उदेश्यले किसानहरुले आफनो बालीनाली सूर्यलाई अर्पण गर्दछ । अन्न बालीहरु उब्जाउनमा खोला–नाला, नदी, तलाउ, पोखरीको निकै महत्व हुन्छ । ति नदी, पोखरी, तलाउहरु र सूर्यको प्रकाश बिचको सम्बन्धले मात्रै समस्त जीवको परिकल्पना सम्भव रहेको हुनाले यो पर्व मनाउन थालेको भनाई अग्रज किसानहरुको हो ।
३) मानिस ढुङे युगबाट कृषि युगमा रुपान्तरित हुदै गर्दा सम्भवतः मानिस प्रकृति पुजक थिए । त्यसबेला मानिसहरु संगठित हुदै थिए । त्यसवेला जुन सामग्रीहरु अन्नको रुपमा प्रयोगा गरियो त्यही सामग्रीहरु पुजाको रुपमा प्रयोग गरिएको हुन सक्छ । त्यसलाई लोक आस्थाको पर्वको रुपमा मान्यता प्राप्त गरेको हुन सक्छ ।
छठको बैचारिक धार्मिक मान्यता ः सूर्यको किरणले कसैलाईं भेदभाव गदैन् । सूर्यको प्रकाश समान रुपमा सबैले प्राप्त गर्दछ । सूर्य प्रकृति हो । छठ पर्वमा प्रकृति रुपी सूर्यलाई पुजा गरिन्छ । प्रकृति सबै जात, जाति, धर्माबलम्बीहरुलाई समान रुपमा चाहिन्छ । तसर्थ, छठ सबै जातजाति, धर्माबलम्बीहरुले मनाउने गर्दछ । त्यसैले, छठ पर्वलाई प्राकृतिक पुजाको रुपमा लिईन्छ । विज्ञानको हिसावले सूर्यको प्रकाश एक प्रकारको औषधि हो । यसको सामाजिक, सांस्कृतिक र प्राकृतिक महत्व रहेको छ । यस पर्वको पुजा नदी–नाला, पोखरी, तलाउ, खोला नहरमा गर्ने चलन छ । उक्त अवसरमा यस्ता सार्वजनिक स्थलहरुलाई सरससफाई गरी सुन्दर रमणीय बनाउँने गरिन्छ । यस पर्वको मुख्य अनुयायीहरु, शैव, बुद्ध, सनातन हिन्दू र जैन धर्मावलम्बीहरु हुन् । सौर्य शक्तिलाई जन्म दिने जननीको प्रतिकको रुपमा मानिन्छ ।
छठ पर्वको तिथि मिति : छठ पर्व वर्षको दुई पटक कार्तिक र चैत्र महिनामा मनाउने गरिन्छ।
क) पहिलो दिन÷कार्तिक शुक्ल चतुदर्शी ः नहाय खाईको दिन (स्नान गरि शुद्ध भई खाने दिन) यस दिन खासगरेर लौकाको तरकारी, रोटी, भात आदी भोजनको रुपमा खाने गरिन्छ । यस दिन प्याज, लहसुन, समेत नखाने र शुद्ध सकाहारी भोजन खाने चलन छ ।
ख) दोस्रो दिन : खरना÷खर्ना (छठको व्रत लिने व्यक्तिले दिउँसो साँझमा दुध चामलको खीर, फलफूल, तुलसीको पात, पानी र चिनीले बनेको लडु केराको पातमा चढाएर छठी माताको पुजा गरी प्रसाद ग्रहण गर्ने चलन छ ।
ग) तेस्रो दिन : सन्ध्या अध्र्य वा बेलुकी (अस्ताउँदो सूर्यको अध्र्य दिने बेला)
घ) चौथो दिन : उषा अध्र्य पारण (उदाउँदो सूर्यको अर्ध दिन् बेला । सूर्यको उपासना समापन गरिन्छ ।
विसर्जन : षष्ठीको भोली पल्ट पारणको दिन सूर्यलाई अध्र्य दिने स्थानमा स्नान गरी उदाएको सूर्यलाई अध्र्य दिएपछि सूर्य र माता छठीको पुजा समापन गरिन्छ । त्यपछि छठको प्रसाद ग्रहण र वितरण गर्ने कार्यको थालनी हुन्छ ।
चैते छठ पर्वको तिथि मिति : चैती षष्ठी तिथिमा चार दिन नै माथि जस्तै पुजाआर्जना गरी छठ पर्व मनाउने चलन छ ।
छठ पर्वको इतिहास : सृष्टिको शुरुवात नै सूर्यको प्रकाशबाट भएको विज्ञानले बताउँछ । विधि अनुसार मानव सभ्यताले एउटा मूर्त रुप लिए पश्चात सूर्यको उपासना गर्न थालेको हो । छठ पर्वको इतिहास धेरै दृष्टिकोणबाट मान्यता प्राप्त गरेको छ । यसको उल्लेख अग्नी पुराणमा छ । यो शाकाहारी पर्व हो ।
सनातन धर्ममा छठ पर्वको मान्यता :
१) त्रेतायूगमा राजा दशरथको जेठी पत्नी कौशल्याले छठ पर्व मनाएको बताइन्छ ।
२) द्धापरयूगमा पाँच पाण्डव, आमा कुन्ती र द्रोपतिले अज्ञातवास बसेको समयमा छठ पर्व गरेको बताईन्छ ।
बौद्य धर्ममा छठ पर्वको मान्यता :
कपिलबस्तुको शाक्यवंशका राजा शुद्धोदन र महारानी राजाको जेठी पत्नी महामाया (मायादेवी देवदहकी राजकुमारी) को पुत्र सिद्धार्थ गौतमको जन्म ईसापूर्व ५६३ बैशाख शुल्क पूर्णिमाका दिन भएको) थियो । महारानी मायादेवीले ६ दिन सम्म छोरा सिद्धार्थ गौतमलाई पालन पोषण गरेको र सातौ दिन संसार छोडेर जानु भएको थियो । त्यसैले, बौद्ध धर्ममा कपिलबस्तु राज्यका जनताहरुले मायादेवीलाई छठी मइयाको रुपमा पूजा गर्दछ । राजा शुद्धोधन सूर्यवंशी भएकोले सूर्यलाई अध्र्य दिने गर्दछ । शाक्यवंशी राजा शुद्धोधनको वंश बृद्धि भएको, कपिलबस्तुले भावी राजकुमार प्राप्त गरेको, माता मायादेवीले आफ्नो ज्यानको प्रवाह नगरी छोरा सिद्धार्थको ज्यान जोगाएको, आमा नभएको अवस्थामा कपिलबस्तुको अन्न खाएर हुर्केको, सौतेनी आमा (मौसी, सानी आमा) ले पालनपोषन गरेकोले छठ पर्व मनाउने गरेको मान्यता रहेको छ । अर्थात कपिलबस्तुको सबै नागरिकले सिद्धार्थ गौतमको लामो आयुको कामना भाकल गरेको र सो भाकल अनुसार छठ पर्व मनाउने मान्यता छ । अर्थात सूर्य जस्तै प्रकाशमान सिद्धार्थ गौतमको लामो आयू, स्वस्थ्य र उन्नति प्रगतिको लागि आफनोभगवान सूर्यसँग प्राथना गर्ने उदेश्यले मनाउन थालेको भनाई छ ।
१) यस पर्वमा पंचतत्व सूर्य, जलासय, स्थल(पृथ्वी) : अग्नी र बायुको एक साथ उपासना गर्ने ऐतिहासिक पर्व हो ।
२) प्राचिनकालमा यस पर्वको कुनै धर्म र मन्त्रसँग सम्बन्ध नरहेको देखिन्छ ।
छठ पर्व प्रतिको आस्था र विश्वास : छठ पर्व मनाउने अनेक मान्यताहरु छन् । छठमा भाकल गर्ने चलन छ । भाकल पुरा भएपछि खुशी भएर भाकल पुराभएपछि छठ पर्वको रुपमा मनाउने गरिन्छ ।
१) छठ पर्व गर्नाले चर्मरोग छिटो निको हुने मान्यता छ ।
२) कसैलाई छोरा छोरी नहुदाँ ब्रत लिने भाकल गर्छ र भएपछि ब्रत लिने चलन छ ।
३) छठी माताले मनोकामना पुरा गरिदिएपछि भाकल अनुसार भक्तजनहरु नाच नचाउने, दिप बाल्ने, कोनिया चढाउने, केराको घरी चढाउने जस्ता धेरै प्रकारका कार्यहरु गर्दछ ।
४) यो पर्वलाई समानताको पर्वको रुपमा मनाउने गरिन्छ । जसरी सूर्यको प्रकाश र पानीले भेदभाव गर्देन र जान्दैन त्यसरी नै यस पर्वमा भेदभाव गरिदैन् ।
प्रायः हाम्रो समाजमा उन्नति प्रगति गरिरहेको व्यक्तिलाई प्रतिष्ठित व्यक्ति समाजसेवीको रुपमा आदर सम्मान गर्छ । यसले उदाउँदो सूर्यलाई अध्र्य दिने कुरालाई प्रतिनिधित्व गर्छ । आर्थिक रुपमा कमजोर रहेको, कुनै कारणबस कमजोर हुन थालेको छ भन्ने त्यस बेसाहारालाई कसैले कदर गर्दैन् । त्यस्तो व्यक्तिलाई पनि सम्मान गर्नु पर्छ भन्ने मान्यता समाजले राख्दछ । यसले अस्ताउँदो सूर्यलाई अध्र्य दिने कार्यलाई प्रतिनिधित्व गर्छ । भनाई छ आजको कमजोर व्यक्तिले भोली राम्रो उन्नति गर्न सक्छ । अर्थात पुनः उदाउन सक्छ । यस पर्वले जुनसुकै अवस्थामा पनि सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने सन्देश दिन्छ ।
५) यो पर्वमा छठी माईको आराधना गरी पुत्र, पति, परिवार र समाज कल्याणको र आरोग्यको कामना गर्दछ ।
६) पौरानिक एवं लोक मान्यता अनुसार सूर्यलाई दिनानाथ वा दिनकर भन्ने गर्दछ ।
पर्वमा केही नियमहरु :
यो प्रकृति पुजक शाकाहारी पर्व हो । त्यसैले यस पर्वमा बली प्रथा निषेध गरिएको छ । साथै यस पर्वको अबधिभर माछा, मासु, लसुन प्याज, मरुवा कोदोको रोटी, मसुरो दाल, उसनाको चामल लगायतका खाद्य सामग्रीहरु १ हप्ता सम्म निषेध गरिएको छ । यस पर्वमा सबै प्रकारको हिंसालाई निषेध गरिएको छ ।
शुद्धताको प्रतिक : छठ पर्वलाई शुद्धताको पर्व पनि भन्दछ । यो पर्व सबै भन्दा कठिन पर्वको रुपमा लिईन्छ । यस पर्वले ३ प्रकारको शुद्धतालाई स्पष्ट रुपमा संकेत गर्दछ । १) शारिरीक शुद्धता २) आहार शुद्धता ३) सामग्री शुद्धता ४) स्थानको शुद्धता । लेखक महतो भाषा संस्कृति प्रतिष्ठानको अध्यक्ष हुनुहुन्छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी