
कटहरी, कार्तिक २८ गते । छठ पर्वको पावन अवसरलाई लक्षित गर्दै श्री हरि सत्संग समिति नेपालले विपन्न ९० जना व्रतालुलाई साडी वितरण गरेकाेछ ।
कटहरी गाउँपालिका वडा नंं १ जमटोकीमा व्रतालु महिलाहरूलाई साडी वितरण गरेकाे हाे ।
धार्मिक आस्था, सामाजिक सद्भाव र सेवाभावलाई आत्मसात् गर्दै व्रतालु महिलालाई साडी वितरण गरिएको हरि संत्संग समितले जनाएको छ ।
साडी समाजसेवी एवं धार्मिक व्यक्तित्व डा. शिव शंकर साहले उपलब्ध गराएकाे थियो ।
छठ पर्वको अवसरमा व्रतालु महिलाहरूलाई सम्मान तथा सहयोग गर्ने उद्देश्यले गरिएको यस कार्यले स्थानीय महिलाहरूमा खुसीयाली छाएको छ।

साडी प्राप्त गरेपछि व्रतालु महिलाहरूले खुसी व्यक्त गर्दै सहयोगी दाता डा. शिव शंकर साह तथा आयोजक श्री हरि सत्संग समिति नेपालप्रति आभार प्रकट गरेका थिए।
छठ पर्व केवल धार्मिक आस्थाको पर्व मात्र नभई सामाजिक एकता, समानता, सद्भाव र आपसी सहयोगको सन्देश दिने पर्व पनि हो । यस्तो पावन अवसरमा व्रतालु महिलाहरूलाई गरिएको साडी वितरणले धार्मिक परम्पराको संरक्षणसँगै समाजमा सहयोग र सेवाभावको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा श्री हरि सत्संग समिति नेपालका अध्यक्ष भिखम चन्द सरल, ग्राम संगठन अध्यक्ष विद्यानन्द माझी, नगर संगठन अध्यक्ष धनश्याम कावरा, सम्भाग अध्यक्ष महेश स्वर्णकार, पत्रकार राजेश शर्मा लगायत विभिन्न धार्मिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी