लेखक : शैलेश न्यौपाने

विराटनगर, कार्तिक २८ गते । जीवनमा सुख- सम्पत्ती र शान्ति यश , पुण्य र किर्ती को लागि गरीने हिन्दुहरुको लागि दशै तिहार पछिको ठूलो पर्व “छठ ” पर्व नै हो । भगवान सुर्य प्रत्यक्ष देवता हुन । धर्म शास्त्रनुसार सुर्यको किरणलाई बिहानै अर्घ दिदा आरोग्य र समृध्दिको आशीर्वाद प्राप्त हुने मान्यता छ । “छठ” पर्व सुर्यदेवको अनुष्ठान हो । सुर्यदेव संग मानवको अस्तित्वसंघ परिभाषित छठ पर्व लाई हिन्दु सांस्कृतिको रूपमा जोडिएको छ ।
कार्तिक शुक्ल चतुर्थीबाट शुरु हुने छठ पर्व तेस्रो दिन छठ वा षष्ठी हो । चारदिन सम्म मनाउँने छठ पर्वको पहिलो दिन नहाय खाय, दोस्रो दिन, खर्ना, तेस्रो दिन अस्ताउँदो सुर्यलाई अर्घ, चौथो दिन बिहान उदाउँदो सुर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न हुन्छ ।
छठ पर्वको रौनकले छोई नै सक्यो त्यसमा पनि नेपाल सरकारले पहिलो पल्ट छ्ठ पर्वको चौथो दिन विहान उदाउँदो सुर्यलाई अर्घ दिने दिन प्रसाद वितरणको पनि सार्वजनिक विदा दिएको छ । सदभाव र भातृत्वको प्रतिक छठ पर्व वढो हर्षाेउल्लासहर्षका साथ छठ माताको घाट नदि, ताल तलैया पोखरीको किनारमा श्रृङ्गारका साथ झिलिमिलि बत्ति केराका थम्वाले तैयार पारिएको हुन्छ ।
तराई क्षेत्रमा छठ पर्व धुमधामका साथ मनाई आईरहेकाेमा पछिल्लाे वर्षहरुमा पहाडि क्षेत्रमा पनि उत्तिकै लोकप्रिय छ । छठ पर्वकाे बारेमा अनेकाै कथाहरु प्रचलित छ । तर कहिले देखि छठ पर्वको शुरूवात भयो भन्ने ठयाक्क कुनै धार्मिक पुस्तकहरुमा उल्लेखित छैन ।
पौराणिक कथाहरु धेरै छन त्यस मध्ये दानविर कर्ण भगवान सुर्यको परम भक्त थिए । प्रत्येक दिन उनी केहि नखाई लामो समय सम्म कम्मर भरी पानीमै बसेर सुर्यदेवको उपसाना गर्थे । त्यहि वेला देखिनै सुर्यदेव लाई अर्घ दानको परम्पराको पालन गर्न थालेको हो भन्ने मान्यता छ ।
अर्को कथा अनुसार जव पाण्डवहरुले आफ्ना सारा राजपाट सम्पत्ती जुवामा हारीसकेका थिए । त्यहि बेला उनिहरुलाई भगवान श्रीकृष्णको निर्देशनमा द्रोपतीले छठ व्रत राखेको थिईन । व्रतको प्रतापले उनको सम्पुर्ण मनोकामना पुरा भएको थियो । पाण्डवहरुले आफ्ना राजपाट फिर्ता पाका थिए । पौराणिक कथानुसार तेत्रायुगमा पनि भगवान रामले रावणलाई वध गरे पछि , पाप बाट मुक्तिका लागि र राम राज्य स्थापना गर्न आजैका दिन पुरुषोत्तम भगवान राम र माता सिताले छठ व्रत बसेको थिईन ।
शास्त्रकानुसार माता छठि भगवान ब्रह्ममाकि मानस पुत्रि हुन । लोक परम्परानुसार सुर्यदेव र छठि माईको सम्वन्ध भाई- बहिनिको जस्तो छ । संतानको लामो आयु , संतान प्राप्तिका लागि साथै छठि भगवतीको पुजा अर्चन गर्दा पुत्रलाभ, पति र परीवारको कल्याण हुने, मान सम्मान वृद्धि हुने साथै सम्पुर्ण पापहरु नाश हुने र दुर्भाग्य योग पनि समाप्त हुने मान्यता छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी