लेखक : पदम सरदार

विराटनगर, मंसिर ९ गते । काेशी अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्रले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरू गरेका छन् ।
विराटनगरमा बुधबार लैगिंक हिंसा अन्तयका लागि ऐक्यवद्धता, पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।
डर होइन, सम्मान चाहिन्छ, भेदभाव होइन, समानता चाहिन्छ, घर होस् वा समाज, हिंसालाई छैन कुनै ठाउँ, शरीर पहिचान र अस्तित्वमाथि हिंसा बन्द गरौं लगगायतकाे विषयमा काेशी अस्पतालका मेसु चन्द्रभाल झाले चर्चा गर्नुभएको थियाे । कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी, सरोकारवाला निकायका प्रतिनिधिहरूले समाजमा विद्यमान सबै प्रकारका लैङ्गिक हिंसा अन्त्य गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए। अस्पतालकि नर्सिङ प्रमुख मञ्जु यादवले अहिलेकाे परिवेसमा लैगिंक हिंसा निकै नै बढी रहेकाे छ ।
यसकाे अन्त्य गर्न समाजसेवी, राजनीतिक, स्वास्थ्यकर्मी लगायत सवै सराेकारवालाहरू एक ढिक्का हुन आग्रह गर्नुभएकाे थियो ।
नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अर्थात १६ दिन सम्म  जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउने छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी