लेखक : राजेश शर्मा

विराटनगर, मंसिर १० गते । भारत-नेपाल सीमाको सुरक्षामा तैनाथ ५६ औँ वाहिनी सशस्त्र सीमा बल बथनाहाद्वारा १० लाख नगद सहित एक जना पक्राउ परेकाे छ ।
‘एफ’ समवाय जोगबनीले गोप्य सूचनाका आधारमा ठूलो कारबाही गर्दै १० लाख नेपाली मुद्रासहित एक जनालाई पक्राउ गरेको हाे ।
घटनास्थलबाट तस्करीमा प्रयोग गरिएको एउटा मोटरसाइकल पनि बरामद गरिएको छ।
पक्राउ पर्नेमा जिल्ला अररिया पाेष्ट घचकनी थाना साेनापुर, कुकुरवावाहाका ४५ वर्षिय विद्यानन्द साह रहेकाे छ । उनको साथबाट ड्राइभिङ लाइसेन्स पनि बरामद गरिएको छ।
सीमा चौकी/कम्पनी ‘एफ’ समवाय जोगबनीको विट टोलीका ८ जना कर्मचारी, जसमा १ उप निरीक्षक/सामान्य एवं ७ आरक्षी/सामान्य समावेश थिए । विसीपी गेट जोगबनी नजिक (सीमा स्तम्भ संख्या १८० नजिक, भारत-नेपाल सीमाबाट करिब ५ मिटर भारतीय भूभागमा सघन जाँच अभियान चलाइरहेको थियाे ।
साेही क्रममा भारतबाट नेपालतर्फ जाँदै गरेको साहकाे मोटरसाइकलमा शंकाकाे आधारमा चेकजाँच गर्दा मोटरसाइकलको बडीभित्र लुकाएर राखिएको नेपाली मुद्रा बरामद गरिएको थियो ।
प्रारम्भिक सोधपुछमा अभियुक्तले बताएअनुसार उनी यो नेपाली मुद्रा जोगबनी (बिहार) बजारमा कुनै अज्ञात व्यक्तिबाट लिएर क्यारियरका रूपमा विराटनगर (नेपाल) मा सौरभ कामत नामका व्यक्तिलाई पुर्‍याउन जाँदै थिए।
बरामद गरिएको नेपाली मुद्रा, मोटरसाइकल एवं पक्राउ परेका व्यक्तिलाई भन्सार कार्यालय, फारबिसगन्जमा बुझाइएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी