लेखक : बिष्णु राजबंशी

दमक । नेपाल प्रहरी सेवामा मिति २०५३ साल असोज १६ गते नियुक्ति भई प्रहरी संगठनअन्तर्गतका विभिन्न प्रहरी कार्यालयमा करिब ३० वर्षसम्म अविराम सेवा पुर्‍याउनुभएका प्रहरी नायब निरीक्षक रोशन प्रसाद राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकले सम्मानपूर्वक विदाइ गरेको छ।

प्रहरी जवान पदबाट सेवा प्रवेश गर्नुभएका राजवंशीले आफ्नो कर्म, अनुशासन, जिम्मेवारी र समर्पणका साथ प्रहरी नायब निरीक्षक पदसम्मको यात्रा पूरा गर्नुभएको हो। लामो प्रहरी सेवाका क्रममा उहाँले संगठनप्रतिको जिम्मेवारी निर्वाह गर्दै राष्ट्र र नागरिकको सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।

प्रहरी नियमावली, २०७१ बमोजिम मिति २०८३ साल असोज १६ गतेदेखि अनिवार्य अवकाश हुन लाग्नुभएका राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकको तर्फबाट सम्मान तथा भावुक वातावरणबीच विदाइ गरिएको हो।

सेवा अवधिको अन्तिम क्षणमा सहकर्मी प्रहरी कर्मचारीबाट पाएको सम्मानले वातावरण भावुक बनेको थियो। वर्षौँसम्म एउटै पोशाकमा राष्ट्र र नागरिकको सेवामा खटिएका सहकर्मीलाई विदाइ गर्दा उपस्थित प्रहरी कर्मचारीका आँखामा सम्मानसँगै भावुकता पनि देखिएको थियो।

इलाका प्रहरी कार्यालय दमकको तर्फबाट प्रहरी नायब निरीक्षक रोशन प्रसाद राजवंशीलाई सेवा निवृत्त जीवन सुखमय, स्वस्थ, शान्तिपूर्ण र सफल रहोस् तथा आगामी पारिवारिक जीवनमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ।

तीन दशकको सेवा यात्रा समाप्त भए पनि राष्ट्रसेवामा उहाँले दिएको योगदान र सहकर्मीबीच छोड्नुभएको सम्झना सधैँ स्मरणीय रहनेछ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी