लेखक :

विराटनगर, असाेज १९ गते । झापा र धनकुटा जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरिएको छ ।
असोज १७ गते झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका–६ का २६ वर्षीय सन्तोष हेमरमलाई १ ग्राम ६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।
त्यसैगरी, धनकुटाको छथरजोरपाटी गाउँपालिका-६ का २७ वर्षीय शान्तिराम थापालाई ५४० मिलिग्राम ब्राउन सुगर, ट्रामोल-७ ट्याब्लेट र स्पास्पेन-७ ट्याब्लेट प्रतिबन्धित औषधि सहित प्रहरी चौकी हिले, धनकुटाले पक्राउ गरेको छ ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी