विराटनगर । प्रदेश प्रमुख परशुराम खापुङसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिदाइ भेटघाट गर्नुभएको छ।
२०७८ साल कात्तिक २५ गते कार्यभार सम्हाल्नुभएका प्रदेश प्रमुख खापुङ यही २४ गते पाँचवर्षे कार्यकाल पूरा गरी बिदा हुनुहुँदैछ।
बिदाइ भेटघाटमा मुख्यमन्त्री कार्कीले प्रदेशको विकास र समृद्धिमा उहाँले पुर्याउनुभएको योगदानप्रति धन्यवाद ज्ञापन गर्नुभयो । भेटमा प्रदेशको विकास र विविध पक्षमा कुराकानीसमेत भएको थियो।
मुख्यमन्त्री कार्कीले प्रदेशमा सीमित स्रोतसाधनका बीच विकास र स्थिरतालाई अगाडि बढाउने प्रयत्न भइरहेको जानकारी दिँदै संघीयतापछि पाँचवर्षे कार्यकाल पूरा गरेर बिदा हुन लाग्नुभएका प्रदेश प्रमुख खापुङप्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले अभिभावकत्व प्रदान गर्दै संवैधानिक तथा कानुनी व्यवस्थालाई सुव्यवस्थित बनाउन खेल्नुभएको भूमिकाप्रति पनि आभार व्यक्त गर्नुभयो ।
भेटघाटमा प्रदेश प्रमुख खापुङले आफ्नो कार्यकालमा प्रदेश सरकारले गरेको सहयोग र सहकार्यप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुन्छ। एउटा प्रदेशमा पाँच वर्ष बिताएपछि त्यही प्रदेशमा पुनः प्रदेश प्रमुख रहन नपाइने संवैधानिक व्यवस्था छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी