लेखक :

विराटनगर, कार्तिक १६ गते । विराटनगरकाे दुई स्थानवाट ४ वटा खसी र बाख्रा चाेरी गर्ने २ जना पक्राउ परेका छन् ।
कार्तिक ११ गते बुधवार रातको समयमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ स्थित एक घरबाट १ वटा खशी १ वटा बाख्रा साथै कार्तिक १४ गते शनिबार रातको समयमा विराटनगर-३ स्थित एक घरबाट १ वटा खशी र १ वटा बाख्राको पाठासमेत गरी जम्मा ४ वटा बाख्राहरु चोरी गरेकाे थियाे ।
उक्त चाेरीकाे आराेपमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ बस्ने बर्ष ३६ को प्रकाश राजवंशी र बर्ष २४ को श्याम राजवंशीलाई पक्राउ गरेका छन् ।
आफ्नो घरमा लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय, मोरङबाट कार्तिक १४ गते विहानको समयमा प्रहरी टोली खटिई गई खानतलासी गर्दा उक्त घरमा खसी-२, माउ बाख्रा-१ र बाख्राकाे पाठा-१ गरि ४ वटै बाख्राहरु फेला पारेकाे थियाे ।
श्याम राजवंशी र प्रकाश राजवंशी समेतलाई बाख्रा सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, मोरङमा ल्याई चोरी सम्बन्धी मुद्धा कसुरमा म्याद थप भई थप अनुसन्धान कार्य भइरहेकोछ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी