विराटनगर, असोज १९ गते । सुनसरीको इनरुवा नगरपालिका-३ सखुवागाछी स्थितबाट प्रहरीले लागूऔषध गाँजा बोकेको ट्रक सहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
असोज १८ गते राती ट्राफिक प्रहरी कार्यालय इनरुवा र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी चेकिङ टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ७ ख १८२५ नम्बरको ट्रकलाई शंका लागि रोकी चेकजाँच गर्दा बन्दाकोबीले छोपेको अवस्थामा प्लास्टिकको ८३ वटा बोरामा २ हजार ५ सय ६६ किलो ५६० ग्राम गाँजा बरामद गरेको थियो ।
ट्रकमा लागूऔषध गाँजा बरामद भएसंगै उक्त ट्रक सहित ओसार पसारमा संलग्न चालक धनकुटा शहिदभूमी गाँउपालिका-२ का राजु राई र सहचालक सोही स्थानका सन्दिप राईलाई नियन्त्रणमा लिएको थियो ।
गाँजा सहित पक्राउ परेका उनीहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी