लेखक : श्याम सुन्दर सुतिहार

विराटनगर, असाेज २१ गते । मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको आयोजना र प्रदेश खेलकुद विकास वोर्ड कोशी प्रदेशको संयोजनमा २६ औ राष्ट्रिय तेक्वान्दो प्रतियोगिता विराटनगरमन हुने भएकाे छ ।
मोरङ जिल्ला आईटीएफ तेक्वान्दो संघको अध्यक्ष आ‌ेम कुमार श्रेष्ठले पत्रकार सम्मेलन गरि २०८३ साल असोज २५ र २६ गते २ दिनसम्म सञ्चालन
कञ्चनजंघा ब्याङ्ग्यट्समा संचालन हुने जानकारी गराए ।
उक्त प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिमको सहभागिता हुनेछ । प्रतियोगितामा कुल जम्मा खेलाडी १७० जनाले प्रतिस्पर्धा गर्नेछन् । संख्या पुरुष तर्फ ९० र महिला तर्फ ८० जना खेलाडीले सहभागीता जनाए ।
५ विद्यामा हुने प्रतिस्पर्धामा १. एक्कल स्पाइरिङ्ग तर्फ पुरुष, महिला २. ग्रुप स्पाइरिङ्ग तर्फ पुरुष, महिला ३. एक्कल प्यार्टन तर्फ पुरुष, महिला ४. ग्रुप प्यार्टन तर्फ पुरुष, महिला ५. सेल्फडिफेन्स तर्फ पुरुष, महिला रहनेछन् ।
प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु नेपालको राष्ट्रिय टोलीमा पर्नेछन् र बन्द प्रशिक्षणमा राखिने छ । मंसिर ४, ५ र ६ हुने तीन दिनसम्म काठमाण्डौमा सञ्चालन हुने ८ औं दक्षिण एसियाली आई टि एफ तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष श्रेष्ठले वताए ।
प्रतियोगितामा महासंघ प्रतिनिधि ३ जना, अम्पायर ३५ जना, कोच र व्यवस्थापक गरी ३० जना र स्थानीय अम्पायर ५ जना गरी जम्मा २४३ जनाको उपस्थिती रहनेछ ।
प्रतियोगिताको उद्घाटन असोज २५ गते कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिकमत कुमार कार्कीवाट हुनेछ ।

 

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी