विराटनगर, असोज २६ गते । उदयपुर र मोरङबाट ७ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले वरादम गर्नुका साथै संलग्न १ जनालाई पक्राउ गरेको छ । असोज २५ गते विशेष सुचनाको आधारमा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-६ स्थितबाट (५ बोरा) १०० किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न ताप्ली गाउँपालिका-२ का २२ बर्षीय विश्वराज राईलाई पक्राउ गरेको थियोे ।
त्यसै गरी मोरङको जहदा गाउँपालिका-४ बाट प्रदेश १-०१-००१ च ७४२२ नम्बरको पिकअप गाडीमा तरकारीको बिचमा लुकाई छिपाई राखेको (१९ बोरा) ६ सय ८ किलो ७७० ग्राम गाँजा प्रहरीले नियन्त्रणमा लिएको थियोे ।
ओसार पसारमा संलग्न चालकको खोजी कार्य भईरहेको प्रहरीले जनाएकाे छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी