लेखक : चन्दन रौनियार

दुहबी,असाेज २३ गते । सुनसरीको दुहबी नगरपालिका-६, पुरानो बजारमा रहेको ऐतिहासिक दुर्गाकाली मन्दिरमा वडादसैँ पूजा तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको छ।
मेला तथा पूजा समितिले पत्रकार सम्मेलनको आयोजना गरी तयारी सम्पन्न भएको जानकारी गराएको हो।
दुहबी वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम हलुवाईको प्रमुख आतिथ्य तथा पूजा समितिका अध्यक्ष अनिल ठाकुरको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको हाे।
कार्यक्रममा दुर्गाकाली मन्दिर मूल समितिका अध्यक्ष राजेश्वर चौधरी, स्थानीय वडा सदस्यहरू, बुद्धिजीवी, समाजसेवी, विभिन्न संघ-संस्थाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय दुहबी, सशस्त्र प्रहरी बल दुहबी, ट्राफिक पोस्ट दुहबी र सिआरभी पोस्टका प्रतिनिधिहरूसहित स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
मेला पूजा समितिका कोषाध्यक्ष राहुल झा र सचिव सञ्जीव रायलगायत अन्य पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार फुलपातीको दिन विशेष आकर्षणका रूपमा ‘महाकाल रोड शो’ आयोजना गरिनेछ। जसमा महाकाल महादेवको भजनकीर्तनका साथै भव्य झाँकी प्रदर्शन सहित नगर परिक्रमा गरिने मेला तथा पूजा समितिले जनाएको छ।
दसैँ पूजा तथा मेला व्यवस्थित रूपमा सम्पन्न गर्न अनुमानित ६ लाख बजेट खर्च हुने प्रारम्भिक अनुमान गरिएको समितिले जानकारी दिएको छ। सुरक्षा व्यवस्था तथा ट्राफिक व्यवस्थापनका लागि स्थानीय प्रशासन र प्रहरीसँग आवश्यक समन्वय गरिसकिएको छ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी