लेखक : चन्दन रौनियार

वडादसैँ, तिहार र छठको अवसरमा शुभकामना आदानप्रदान
चन्दन रौनियार
सुनसरी, असाेज २८ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुनसरीको आयोजनामा वडादसैँ, शुभ दीपावली तथा पावन छठ पर्व २०८३ को पावन अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।


प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापा प्रमुख अतिथिका रूपमा रहनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले मौलिक चाडपर्वहरूले नेपाली समाजमा आपसी भाइचारा, सामाजिक सद्भाव र एकताको भावना अझ प्रगाढ बनाउने बताउनुभयो । उहाँले शैक्षिक सुधारका लागि निजी क्षेत्रको योगदान अतुलनीय रहेको उल्लेख गर्दै सम्पूर्ण शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सल्लाहकार कविन्द्र मण्डल, प्याब्सन केन्द्रीय सदस्यद्वय जीवप्रसाद गुरागाईँ र ज्ञानेन्द्र दाहाल, तथा इटहरी उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रमेश साहले चाडपर्वको शुभकामना व्यक्त गर्दै शैक्षिक क्षेत्रको विकासमा सबै सरोकारवालाहरू एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
सो अवसरमा विभिन्न प्रकाशन गृहका प्रतिनिधिहरू, पालिकास्तरीय प्याब्सनका अध्यक्ष तथा पदाधिकारीहरू, विद्यालय सञ्चालक तथा बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष रमेश कार्कीले स्वागत मन्तव्यद्वारा उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन सह-सचिव मनोज कुमार यादवले गर्नुभएको थियो।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी