लेखक : विष्णु राजवंश

विष्णु राजवंश
विराटनगर, असाेज २९ गते । प्राईम अस्पताल परिवारबीच आपसी सद्भाव, एकता, आत्मीयता र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेकाे छ ।
कार्यक्रममा प्राइम अस्पतालका चिकित्सकहरू डा. इकबाल अहमद, डा. सृजना यादव, डा. अजय महतो, डा. सञ्जीव कुमार ठाकुर, डा. रञ्जीव यादव, डा. मनीष अग्रवाल, डा. टेक नारायण यादव तथा डा. रमेश कुमार चौरसिया लगायत अस्पताल परिवारका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा अस्पतालका प्रबन्ध निर्देशक सनातन कुमार मण्डलले प्राइम अस्पतालको आकार सानो भए पनि यहाँ कार्यरत सम्पूर्ण चिकित्सक, कर्मचारी तथा सहयोगीहरूको एकता र सामूहिक भावना ठूलो रहेको बताए। उनले अस्पताललाई केवल कार्यस्थलका रूपमा मात्र नभई आफ्नै संस्थाका रूपमा आत्मसात् गर्दै जिम्मेवारी, समर्पण र इमानदारीका साथ काम गर्न सबैलाई आग्रह गरे।
उनले अस्पतालको प्रगति र प्रतिष्ठा कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै सम्पूर्ण टिमको साझा मेहनत, सहकार्य र सेवाभावले नै संस्थालाई उचाइमा पुर्‍याउने धारणा व्यक्त गरे। अस्पताल परिवारबीचको एकता नै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको महत्त्वपूर्ण आधार भएको उनको भनाइ थियो।
त्यसैगरी, कार्यक्रम सञ्चालन गर्दै अस्पतालका सञ्चालन निर्देशक सन्तोष मेहताले कार्यक्रमबारे जानकारी दिँदै यस्ता शुभकामना आदानप्रदान कार्यक्रमले अस्पताल परिवारबीच आत्मीयता, सद्भाव र सहकार्यको भावना अझ बलियो बनाउने बताए।
कार्यक्रमले चाडपर्वको खुसी साटासाट गर्नुका साथै चिकित्सक तथा कर्मचारीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै आगामी दिनमा अझ प्रभावकारी, जिम्मेवार र सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्न प्रेरणा दिएको सहभागीहरूको धारणा रहेको थियो।
प्राइम अस्पतालले आगामी दिनमा पनि एकताबद्ध टिम, जिम्मेवार सेवा र बिरामीप्रतिको समर्पणलाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेको छ

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी