विष्णु राजवंशी
विराटनगर, असाेज २९ गते । नेपाली कांग्रेसकी निर्भीक तथा साहसी नवनिर्वाचित महामन्त्री डा. डीला संग्रौलालाई विराटनगरमा भव्य स्वागत गरिएको छ।
नेपाली कांग्रेस मोरङ जिल्ला सदस्य तथा उद्योग विभाग प्रमुख राजेश गुप्ताले डा. संग्रौलालाई माला लगाएर स्वागत गरेका हुन् ।
विराटनगरमा आयोजित स्वागतका क्रममा डा. संग्रौलाको स्वागतमा नेता तथा कार्यकर्ताहरूको उत्साह देखिएको थियो। तर, स्वागत समारोहकै बीच भीआईपि प्रोटोकलको विषयले भने सबैको ध्यान तानेका थिए ।
पत्रकारले भीआईपी प्रोटोकल सम्बन्धी प्रश्न उठाउँदा डा. संग्रौला एकछिन माैन भएका थिए ।
राजनीतिक नेतृत्वलाई फूलमालाले स्वागत सम्मान गर्नु स्वाभाविक छ तर, सार्वजनिक जीवनमा रहेका नेताहरूले पत्रकारले उठाएका प्रश्नको जवाफ दिनु र जनताप्रति जवाफदेही बन्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
भीआईपी प्रोटोकलको विषयमा पत्रकारले उठाएको प्रश्नकाे स्पष्ट जवाफ किन आएन अहिले चासोको विषय बनेकाे छ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी