विराटनगर, कात्तिक ९ गते । झापा, सुनसरी र उदयपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागूऔषध सहित ९ जनालाई पक्राउ गरिएको छ ।
कात्तिक ८ गते आईतवार सुनसरीको इलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले इटहरी उप-महानगरापलिका-१३ ओम शान्ति भवन स्थितमा प्रदेश १-०२-००५ ह ६४८० नम्बरको सिटी रिक्सालाई चेकजाँच गर्दा चालक हरीनगरा गाँउपालिका-७ का १८ वर्षिय अब्दुल खान, सवार १८ वर्षिय मोतिम आलम र को ३६ प ६२४३ नम्बरको मोटरसाईकल चालक हरिनगरा गाउँपालिका-७ का १८ वर्षिय सोजिप खानलाई ट्रामाडोल-६ हजार ९ सय ८० क्यापसुल, स्पास्मो-७ हजार क्यापसुल र हाईड्रोब्रोमाइन-२ बोतल प्रतिबन्धित औषधि सहित पक्राउ गरेको थियाे । त्यसैगरी अस्थायी प्रहरी चौकी ईनरुवाले बराहक्षेत्र नगरपालिका-७ का २७ वर्षिय कुशल घिमिरे, ३२ वर्षिय तुलसी खड्का र ईटहरी-९ का ३२ वर्षिय मुकेश भुजेललाई ३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित, प्रहरी चौकी भरोलले बराहक्षेत्र-५ का ४० वर्षिय राम कुमार चौधरीलाई ११० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
यसैगरी इलाका प्रहरी कार्यालय बेलटार उदयपुरले त्रियागा नगरपालिका-१० का २६ वर्षिय मनोज मग्रांतिलाई स्पास्मो-२८८ क्यापसुल र निट्राजेपाम-३०० ट्याब्लेट प्रतिबन्धित औषधि सहित पक्राउ गरेको थियाे ।
झापाको इलाका प्रहरी कार्यालय अनारमनीले ताप्लेजुङ फुङलिङ नगरपालिका-३ का २५ वर्षिय बविस भण्डारीलाई ३ ग्राम १ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियाे ।
पक्राउ परेको सबैजनाको थप अनुसन्धान भई रहेको प्रहरी जनाएकाेछ ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी