विराटनगर, कार्तिक २ गते । दक्षिण कोरियामा क्रिकेट खेल तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले ओलिभिया एजुकेसन कन्सल्टेन्सी एन्ड ट्रेनिङ सेन्टर प्रा.लि.ले खेल सामग्रीहरू प्रदान गरेका छन् ।
सेन्टरले क्रिकेट टोली तराई बोल्टसलाई ब्याट, बल, खेल पोसाकलगायतका खेल सामग्री सहयोग गरेका हुन् ।
सेन्टर प्रा.लि.का सञ्चालक अजय कुशवाहाले तराई बोल्टसलाई आवश्यक खेल सामग्री उपलब्ध गर्दै भने शिक्षा र खेलकुद दुवै युवाको भविष्य निर्माणका महत्वपूर्ण आधार भएको वताए ।
संस्थाले खेलकुदमार्फत अनुशासन, एकता, नेतृत्व क्षमता र आपसी सद्भावको विकास गर्न सकिने विश्वास कुशुवाहले व्यक्त गरे ।
युवाहरूमा रहेको खेल प्रतिभालाई उजागर गर्न, क्रिकेटको विकासमा योगदान पुर्याउन तथा नेपाली समुदायबीच आपसी एकता र सहकार्य अभिवृद्धि गर्न सहयोग गरिएको संस्थाले जनाएको छ।
खेलाडीहरूलाई थप हौसला र प्रेरणा मिलोस् भन्ने उद्देश्यले गरिएको यस सहयोगले तराई बोल्टसको खेल यात्रामा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी