विराटनगर, कार्तिक ११ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगर कार्यरत प्रहरी नायब निरीक्षक बिनोद कार्कीलाई असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ ।
विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र व्यावसायिकता प्रदर्शन गर्दै आफ्नो पदीय कर्तव्य वहन गर्ने क्रममा प्रहरी नायब निरीक्षक कार्कीले कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरको प्रबन्ध शाखाको जिम्मेवारीमा रहेकाे थियोे ।
निरीक्षक कार्की हातहतियार तथा गोलीगठ्ठाहरू जिन्सी आम्दानी बाँध्ने कार्यमा तालुक कार्यालयसँग आवश्यक समन्वय समेत गरी प्रचलित नियम, प्रक्रिया तथा जिन्सी अभिलेख अनुसार रितपूर्वक जिन्सी आम्दानी बाँधी व्यवस्थित गर्न तथा स्वामित्व नखुलेका लामो समयसम्म कार्यालयमा रहेका सवारी साधनहरू एवं पूराना भई कार्यालयको काममा प्रयोग गर्न नमिल्ने बेसाबुत विभिन्न जिन्सी मालसामानहरू लिलाम बिक्री गरी कुल २ लाख ५ हजार रुपैँया राजस्व संकलन गरेकाे थियो ।
वहाँ सम्पूर्ण प्रक्रियागत कार्य अनुशासित, व्यावसायिक र कर्तव्यनिष्ठ तवरले उच्च मनोवलका साथ सम्पन्न गरी कार्यालय व्यवस्थापनमा अनुकरणीय योगदान गरी प्रहरी संगठनको गरिमा एवं वृद्धिका लागि उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा प्रहरी अधिकृतबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै असोज महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरिएको हो ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी