विराटनगर, असाेज २८ गते । विगत नौ वर्षदेखि विराटनगरस्थित काली मन्दिरदेखि प्राचीन रंगेलीको काली मन्दिरसम्म आयोजना हुँदै आएको प्रेम, समृद्धि र सद्भावकाे प्रतीक निशान ध्वजा यात्रा कार्तिक ३ गते हुने भएकाे छ ।
दशैं पैदल निशान यात्रा २०८३ का संयाेजक मनाेज कुमार अग्रवाले नेपाल पत्रकार महासंघ माेरंगकाे हलमा पत्रकार सम्मेलन गरि १०औं संस्करण निशान ध्वजा यात्रा गर्न लागिएकाे जानकारी गराए ।
विराटनगरबाट हातमा निशान (ध्वजा) र झण्डा लिएर पैदल यात्रा सुरु भई करिब २३ किलोमिटरको दूरी तय गर्दै प्रसिद्ध रंगेलीस्थित काली मन्दिरमा निशान ध्वजा अर्पण संयाेजक अग्रवालले वताए ।
विराटनगरबाट सुरु भएकाे यात्रा हुलकी राजमार्ग हुँदै कटहरी गाउपालिका वडा नं. स्थित रहेकाे जीवन विकासको कार्यालयअगाडि चिया-पानी, सेलो मिल जुडी पुलछेउ, रामचोक पूर्व, दादरबैरियास्थित वसन्त राजवंशीको काँटा, आनन्द इँटाभट्टा दादरबैरिया, किसान अग्रवालको मिल कर्सिया नहर, बेतौना चोकस्थित सन्तोष रौनियारको गोला तथा संसारीमाईलगायतका स्थानलाई विश्रामस्थलका रूपमा निर्धारण गरिएको छ ।
यात्रामा करिब ८ हजार निशान ध्वजा यात्री र अन्य भक्तालु १० हजार गरी कुल १८ देखि २० हजार जनाको सहभागिता रहने आयाेजकले विश्वास लिएकाे छ ।
यात्रामा सहभागी हुने निशान ध्वजा यात्रीबाट प्रतिव्यक्ति ३ सय रुपैयाँ सहभागिता शुल्क लिइनेछ भने अन्य खर्च दाताहरूबाट संकलन गरी यात्रा सम्पन्न गरिनेछ ।
यात्रा व्यवस्थापनका लागि करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको सह संयाेजक शारदा मण्डलले वताईन । यात्रा सम्पन्न भएपछि सहभागी सबैका लागि रंगेलीस्थित काली मन्दिर परिषरमा रहेको धर्मशालामा निःशुल्क प्रसाद (भोजन) को व्यवस्था समेत जानकारी गराईन ।
यात्रालाई व्यवस्थापन गर्न निशान ध्वजा व्यवस्थापन समिति संयाेजक सुलभ अग्रवाल, यातायात व्यवस्थापन र बाटाे तथा क्यम्प व्यवस्थापन समिति संयाेजक राजेश शर्मा, स्वास्थ समिति संयाेजक शिशुपाल यादव, महाप्रसाद तथा भाेजन
समिति संयाेजक रूपेश कुमार मण्डल, रसिद वितरण तथा आर्थिक संकलन समितिमा सह संयाेजक शारदा मण्डल, प्रचार प्रसार समिति संयाेजकमा अशाेपति मण्डल र स्थानीय मञ्च तथा व्यवस्थापन समिति संयाेजकमा राधा मण्डललाई जिम्मेवारी दिएकाे छ ।
धार्मिक तथा सांस्कृतिक यात्रामा आम भक्तालु र श्रद्वालुहरूलाई सहभागी भई यात्राकाे गरिमा बढाई दिन आयाेजकले आग्रह गरेका छन् ।
भिलेज नेपाल मिडिया प्रा. लि.
कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४
प्यान नं. xxxxxxxx
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
९८४२०२७१४२, ९८७०५८४००५१
Email: [email protected]
सम्पादक: श्याम सुन्दर सुतिहार
रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी
क्यामेरा म्यान : अभिशेक कु. राजबंशी
ग्राफिक : बिष्णु कु. राजबंशी