लेखक : जय प्रकाश महतो

विराटनगर, कार्तिक २ गते । मगही संस्कृतिमा झिझिया एक सुप्रसिद्ध सामाजिक अभियान हो । यो लोक नृत्य एवं धार्मिक सांस्कृतिक परम्परा मात्रै नभई समाज विज्ञानमा आधारित एउटा सन्देश मूलक नृत्य नाटक हो । यसमा लोक साहित्य मार्फत समाजको बर्तमान अवस्था, समस्या, सामाधान, कुरिती कुसंस्कारलाई नृत्य नाटक मार्फत राज्य वा शासकलाई जानकारी गराउने माध्यम हो । झिझियामा गाउने गीतलाई अध्ययन गर्दा डायन, जोगीन, धामी, झाँक्रीजस्ता शब्दहरु नकारात्मक विचार वा गलत कार्य वा प्रबृतिको प्रतिनिधित्व गर्दछ ।
असल समाज निर्माणमा बाधा अवरोध गर्ने व्यक्तिलाई गीत नृत्य मार्फत सचेत गराउने र सवल समाज निर्माणमा सबैको सक्रिय भूमिका रहनु पर्दछ भन्ने सन्देश दिन्छ । यो लोक साहित्यमा प्रयोग भएको शब्द र सामग्रीहरुलाई गहिरो अध्ययन गर्दा झिझिया भौतिक शास्त्र, राजनीतिक शास्त्र रसामाजिक शास्त्रको योगफल हो भन्ने सन्देश दिन्छ । यसलाई उत्सव र मनोरंजनको रुपमा प्रयोग गर्दै समाजलाई सचेत गराउने माध्यम हो । यो प्रायदुर्गा पुजाको सुखद उपलक्ष्यमा नवमीको दिन महिलाहरुको समूहले नृत्य मार्फत प्रर्दशन गर्दछ ।
यसमा महिलाहरु र किशोरीहरु मात्रै सहभागी हुने गर्दछ । उक्त दिन शासक र शाषित दुबै माता भगवतीको दरवारमा दर्शन गर्न आएको हुन्छ । सबै फुर्सदमा हुन्छ । शान्तमनो भाबनामा रहन्छ । त्यस वेलाको सुखद अवसरमा समाजमा भईरहेको घटना, शोषित, पिडित, सुकुम्वासी, किसान, मजदुरको आवाजलाई राज्य शासक सम्म पु¥याउन मदत गर्दछ । तसर्थ, झिझिया एउटा सामाजिक न्याय स्थापना गर्ने साहित्यक अभियान हो । यसलाई नृत्य र मनोरंजनमा सिमित गर्नु गराउनु सामाजिक अन्याय र दुर्घटना हो ।


झिझिया बनाउने तरिका ः
– माटोको वर्तन (घैँटो) मा धेरै स–सानो प्वाल वनाईन्छ । यस वर्तनलाई तौला भन्दछ ।
– उक्त तौला (घँैटो) भित्र बलिरहेको दियो राखिन्छ ।
– उक्त माटोको तौलामा बनाएको स–साना प्वालहरुबाट भित्र अक्सीजन प्रवेश गर्दछ र दियोलाई बल्न मदत गर्दछ ।
– माटोको भाँडोमा बनाएको स–सानाप्वालहरुले समाजको समस्यालाई प्रतिनिधित्व गर्दछ । जतिवटा प्वालहरु छन् । त्यतिवटा समस्या रहेको र ति समस्याहरु दियो जस्तो होइन आगो जस्तो बलिरहेको संकेत गर्दछ । डायन जोगी रुपी समाजका कुपात्रहरु समाजको समस्यालाई बढावा दिन अक्सीजनको काम गरिरहेको छ । यसलाई तत्काल रोक्न धामीको आवश्यक पर्दछ । यसमा धामीलाई असल नेतृत्वकर्ताको रुपमा चित्रण गरिएको छ ।
– समाजमा सचेतना जगाउने उदेश्यले रातीको समयमा महिलाहरुले नृत्य गीतगाउँदै गाँउ टोल घुम्ने गर्दछ । रातीका समयमा गाँउका सबै मान्छे घरमा रहने भएकोले उक्त समय छनौट गरिएको भनाई छ ।
– यसमा ढोलक मज्जिरा लगायतका बाजाहरु प्रयोग गरिन्छ ।
– धार्मिक मान्यता अनुसार यो लोक नृत्य गीत माता दुर्गाको आराधनासँग सम्बन्धित मानिन्छ । अन्याय अत्याचारले समाजमा जरा गाडेको वेलामा माता दुर्गाले न्याय प्रदान गर्न राक्षस राजालाई बद्ध हत्या गरेको उपक्ष्यमा दुर्गा पुजाको उत्सव मनाउने चलन छ । यसबाट प्रष्ट देखिन्छ कि समाजमा अन्यायको खिलाफ महिलाको कदम महत्वपूर्ण मानिन्छ ।
– यसले रोग व्याधि टार्ने, अशुभ शक्ति हटाउने र गाँउमा सुख शान्ति ल्याउने विश्वास गरिन्छ ।
– यसले महिलाहरुको सामूहिक एकता, लोककला संरक्षणमा मदत गर्दछ ।
– आगो बलेको भाँडो टाउकोमा राखेर संतुलित भई गीतको लय धुनमा नाच्ने गर्दछ ।
– झिझिया नाचमा सहभागी सबैले गोलाकार भई हाथले ताल दिएर नाच्ने गर्दछ ।
– लोक विश्वास ः नवरात्रीको दिन जसरी माता दुर्गाले राक्षसलाई मार्दछ त्यसरी नै समाजको असल नेतृत्व कर्ताले डायन जोगीलाई मार्न सक्छ भन्ने उदेश्यले ति डायन जोगीहरु नवरात्रीको दिन बढी सचेत र सक्रिय रहन्छ भनाई छ । तसर्थ, यो नाच साबधानी पूर्वक गर्ने चलन छ ।
– विजयादशमीको दिन झिझियाको विसर्जन गर्ने चलन छ ।
मगही समुदायको आबाज ः झिझिया
धेरै वर्ष पहिले शोषित, पिडित, विपन्न, सुकुम्बासी, मजदुर, किसानको हक अधिकारको आवाज झिभिया थियो । तिनिहरुको आवाजलाई कठोर शासक सम्म पुर्याउन झिझिया नामक नृत्य नाटकको आयोजना हुने गर्दथ्यो । तर अहिले मनोरंजन र नृत्यको रुपमा शासकहरुले परिवर्तन गरि शोषित, पिडित, विपन्न, सुकुम्बासी, मजदुर, किसानको हक अधिकारलाई दबाउन प्रयास गरिरहेको छ । यसबाट सचेत हुन आवश्यक छ ।
मगही प्रसिद्धगीत ः “तौरे झिझिया के छेद गिनबो रे डायना,
तौरे झिझिया के छेदगिनबो रे डायना……”
झिझियामा प्रयोगभएका शब्दहरू सांकेतिक र साहित्यक हुन् । यी शब्दहरूलाई बर्तमान कानुन र संविधान अनुसार व्याख्या गर्नु सामाजिक न्याय र वाक स्वतन्त्रताको खिलाफ हुनेछ ।
माथिको एक हरफको गीतलाई ब्याख्यागर्न प्रयास गरिएको छ ः
तौरे –तिमी), झिझिया (शासन), छेद भनेको दुलो, गिनबो भनेको गन्तीगर्नु र डायना भनेको शासक । अर्थात शासकले शासन गर्दा शोषित, पिडित, विपन्न, सुकुम्बासी, मजदुर, किसानलाई कति अधिकार नदिएको बारे चर्चा गर्न खोजिएको हो । माटोको बर्तनमा दुलो बनाउनु र त्यसलाई गिन्ती गर्नु भनेको राज्यमा रहेको समस्यालाई गिन्तीगर्नु हो । यसको विवेचना लामो रहेकोले छोटोमा उल्लेख गरिएको छ । “झिझिया“ को गीतमा प्रयोग भएका शब्दहरूलाई अध्ययन, अनुशन्धान, अनवेश्वन गर्न आवश्यक रहेको छ ।
मगही संस्कृतिमा “झिझिया“ एउटा सामाजिक अभियान र साहित्यको महत्त्व पूर्ण अंग हो जसमा राजनीतिक चेतना मार्फत समाजलाई सुचना प्रदान गर्दछ । झिझियामा प्रयोग भएका शब्दहरू सांकेतिक र साहित्य हुन् । राज्यले गरेको अमानवीय क्रियाकलाप र दमन, शोषणको विरोधमा गर्ने समाजिक अभियान हो झिझिया । त्यसैले, समाजमा रहेको कुरिति, कुविचार र कुशासनको बिरूद्व झिझिया गीतमा प्रयोग भएको ‘डायन’, “बोक्सी“ जस्ता शब्दहरू हो । यो कुनै व्यक्तिको विरूद्व होइन । झिझिया गीतमा यस्ता अनेकौं शब्दहरू साहित्यिक हुन ।
मेरो अनुरोध ः झिझियालाई नृत्य÷गीतमात्रै मान्नु गलत हुनेछ । झिझिया जस्तो सामाजिक न्यायको लागि चलाउने अभियानलाई नृत्य नाटकमा सिमित गर्नु सामाजिक अपराध हो । तसर्थ, झिझियाको बारेमा गहन अध्ययन गर्नु आजको आवश्यकता हो । लेखक भाषा संस्कृति प्रतिष्ठानत विराटनगर मोरंगको अध्यक्ष हुनुहुन्छ ।

सम्पर्क

भिलेज नेपाल मिडिया प्रा. लि.

कम्पनि दर्ता: नं. ४०४४६५/ ८३/८४

प्यान नं. xxxxxxxx

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

९८४२०२७१४२, ९८७०५८४००५१

Email: [email protected]

टीम

सम्पादक: श्याम सुन्दर सुतिहार

रिपोटर तथा सम्बादाता : बिष्णु राजबंशी

क्यामेरा म्यान : अभिशेक कु. राजबंशी

ग्राफिक : बिष्णु कु. राजबंशी